पशुपति क्षेत्र विकास कोषमा नियमावलीविपरीत कार्यकारी निर्देशकदेखि विभिन्न पदमा ९६ जना कर्मचारी भर्ना गरिएको पाइएको छ ।
तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले एउटा निवेदनका भरमा कार्यकारी निर्देशकसहित विभिन्न पदमा कानूनविपरीत कर्मचारी भर्ती गरेको खुलेको हो ।
कोषमा आवश्यकता र औचित्य नभएको कार्यकारी निर्देशक पदमा तत्कालीन मन्त्री भट्टराईले एउटा निवेदनको भरमा डा. घनश्याम खतिवडालाई नियुक्त गरेका थिए ।
कोषका तत्कालीन अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईको अध्यक्षतामा २०७६ पुस २ गते बसेको परिषद् बैठकबाट कार्य...