सरकारले वितरण गर्ने अनुदानको नुन जुम्लाका ब्यापारीले पसलबाटै खुलेयाम बिक्री गर्ने गरेका छन् । जुम्ला सदरमुकाम खलंगादेखि ग्रामीण बजारमा रहेका हजारौं ब्यापारीले पसलबाटै सरकारी अनुदानको नुन खुलेयाम बिक्री गरिरहेका हुन् । ब्यापारीहरूले घरमा खानका लागि भन्दै नेपाल साल्ट टेड्रिङ करर्पोरेसन शाखाबाट अनुदानको नुन लिएर स्थानीयलाई दोब्बर मूल्यमा बिक्री गर्ने गरेका हुन् ।