जाजरकोट : डोल्पामा आयोडिनयुक्त नुन अभाव भएको छ। पुरानो नुन सकिएको र नयाँ ठेक्काको नुन आइनपुगेकाले डोल्पामा नुनको अभाव भएको हो।हाल सदरमुकाम दुनैबाट प्रतिव्यक्ति पाँच पोका मात्र दिने गरिएको छ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट डोल्पामा अनुदानको नुन वितरण हुँदै आएको छ। सदरमुकामस्थित डिपोमा चार सय ९० क्वीन्टल आयोडिनयुक्त नुन मौज्दात रहेको कार्यालय प्रमुख प्रकास धामीले बताए। उनका अनुसार यो नुन भनेको अत्यन्तै न्यून हो। जिल्ला भरका सर्वसाधारणका लागि सदरमुकाममा मात्र नुन पाइने भएपछि प्रतिव्यक्ति म