बैंकहरुले मनपरी बढाए ब्याजदर, सीईओहरुलाई राष्ट्र बैंकले गरायो सचेत

२ चैत, काठमाडौं । बैंकहरुले मनपरी ढंगले ब्याजदर बढाउने गरेको पाइएको छ । पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभाव भएपछि निक्षेप तान्न बैंकहरुले मनपरी ढंगले ब्याज दिने गरेको पाइएको हो । बैंकहरुले नियम विपरीत ब्याजदर परिवर्तन गर्ने गरेको पाइएपछि राष्ट्र बैंकले १४ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराएको छ । राष्ट्र बैंकको […]

सम्बन्धित सामग्री

नयाँ नीतिले पनि बढेन लगानीकर्ताको मनोबल

काठमाडौं– राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाए पनि लगानीकर्ताको मनोबल बढ्न नसक्दा आइतबार सेयर बजार राताम्मे भएको छ । आइतबार नेप्से परिसूचक १.८२ प्रतिशत अर्थात ३५.६७ अंकले घट्दै १९२१.२४ विन्दुमा झरेको छ । केन्द्रीय बैंकले गत बिहीबार एक परिपत्र जारी गर्दै व्यक्तिगत सेयर धितो कर्जाको सीमा १२ करोडबाट बढाएर १५ करोड रुपैयाँ पुर्याएको छ […]

के छ राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिमा ? (पूर्णपाठ)

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीति घर र शेयरमा जाने कर्जामा लचक देखिएको छ । आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई बढाए २ करोड पुर्‍याइएको छ । शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन […]

डलरको मूल्य राष्ट्र बैंकले यथावत् राख्दा वाणिज्य बैंकहरूले बढाए, कुनमा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)का अनुसार सोमवार पनि डलरको (Dollar) विनिमयदर (Exchange rate) स्थिर छ । राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ६७ पैसा र विक्री दर १३१ रुपैयाँ २७ पैसा छ । अघिल्लो दिन पनि राष्ट्र बैंकले १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ६७ पैसा र विक्री दर १३१ रुपैयाँ २७ पैसा तोकेको थियो । तर १९ औटा वाणिज्य बैंकहरूले अघिल्लो दिनको तुलनामा डलर (Dollar)को विनिमय दर बढाएका छन् भने २ ओटामा स्थिर छ । आज १८ ओटा वाणिज्य बैंकको डलरको खरीद दर र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा बढी छ । त्यसैगरी आज एसबिआइ बैंक र ग्लोबल बैंकमा डलरको खरीद दर र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा कम छ । त्यस्तै एनएमबि बैंकमा डलरको खरीद दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा कम र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा बढी छ । कुन बैंकमा कति छ डलरको विनिमय दर ?  क्र. सं. बैंक नगद खरीद दर नगद विक्री दर १ कुमारी बैंक लिमिटेड  १३०. ८०   १३१.४० २ सनराइज बैंक लिमिटेड  १३०. ८०   १३१.४० ३ लक्ष्मी बैंक लिमिटेड  १३०. ८०   १३१.४० ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३०. ८०   १३१.४० ५ प्रभु बैंक लिमिटेड  १३०. ८५   १३१.४५ ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३०. ८५   १३१.४५ ७ एनएमबि बैंक  १३०. २०   १३१.४५ ८ माछापुच्छ्रे बैंक लिमिटेड  १३०. ८०   १३१.४० ९ ग्लोबल आइएमई बैंक  १३०. ६५   १३१.२५ १० सानिमा बैंक लिमिटेड  १३०. ८०   १३१.४० ११ नेपाल बैंक लिमिटेड  १३०. ८०   १३१.४० १२ सिद्धार्थ बैंक लिमिटेड  १३०. ८०   १३१.४० १३ हिमालयन बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १४ कृषि विकास बैंक लिमिटेड  १३०. ८०   १३१.४० १५ नेपाल एसबिआई बैंक लिमिटेड  १३०. ६५   १३१.२५ १६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३०. ७०  १३१. ३० १७ एभरेष्ट बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १८ नबिल बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३०. ८०   १३१.४० २० राष्ट्रिय वाणिज्य बैंक  १३०. ८०   १३१.४० २१ एनआईसी एशिया बैंक लिमिटेड  १३०. ८०   १३१.४०

बैंकहरूले ट्रेजरीको ब्याज बढाए

काठमाडौं  । बैंकहरूले ब्याजदर बढाएपछि बोलकबोलमा राखिएको २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स नेपाल राष्ट्र बैंकले आफैले खरीद गरेको छ । सोमवार राष्ट्र बैंकले २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल्स नवीकरणका लागि बोलकबोल गरेको थियो । त्यसमध्ये २८ दिन अवधिको २ अर्बको ट्रेजरी केन्द्रीय बैंक आफैले खरीद गरेको हो । यसबाहेक ९१ दिनको ७ अर्ब १० करोड, १८२ दिनको ७ अर्ब र ३६४ दिनको ५ अर्ब गरी १९ अर्ब १० करोड रुपैयाँको बराबरको ट्रेजरी बिल्स भने बैंक, वित्तीय संस्थाले खरीद गरेका छन् । यसमध्ये ९१ दिनको ट्रेजरीमा ९ दशमलव ६३ प्रतिशत, १८२ दिन अवधिमा १० दशमलव २४ र ३६४ दिन अवधिमा १० दशमलव शून्य ८ प्रतिशत औसत ब्याजदर कायम भएको छ । अघिल्लो साताको तुलनामा ९१ दिनको ट्रेजरीको ब्याजदर वृद्धि भए पनि १८२ र ३६४ दिन अवधिमा भने ब्याजदर घटेको राष्ट्र बैंकले बताएको छ । ट्रेजरी बिल्स १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल विक्री गरिन्छ । पछिल्लो समय बैंकहरूमा तरलताको अवस्था सहज भए पनि उनीहरूले कर्जा विस्तार गर्न सकेका छैनन् । फलस्वरूप सरकारी ऋणपत्रको लगानीमा बैंकहरू केन्द्रित हुँदा ट्रेजरीको ब्याजदर घटिरहेको छ ।

बैंक तथा वित्तीय संस्थाले १३ प्रतिशतले बढाए कर्जा लगानी

प्रदेश १ मा बैंक तथा वित्तीय संस्थाले कर्जा लगानीमा १३.२ प्रतिशतले वृद्धि गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेश १ को आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन अनुसार प्रदेश १ मा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा १३.२ प्रतिशतले बढेको हो । उद्योग, कृषि, सेवालगायतका क्षेत्रमा […]

‘कृषि सामग्रीमा मूल्य बढाए खर्बौको आयात रोक्न सक्छौँ’

सबैभन्दा पहिला समस्या कहाँ छ नियाल्नु पर्छ । बितेको ३ वर्षमा जति पैसा खर्च भएको छ, हरेक क्षेत्रको हेर्नुपर्ने देखिन्छ । हरेक क्षेत्रले बढी पैसा कमाएको छ । खास गरी आयात गर्ने क्षेत्रहरू (गाडी, मोटरसाइकल ) को आयात दोब्बर देखिन्छ । उनीहरूको नाफा पनि धेरै भएको देखिन्छ । राष्ट्र बैंकले मनिटी पोलिसिमा एउटा राम्रो (साना […]

तरलता अभावकै बीच बैंकहरुले १० प्रतिशतले कर्जा लगानी बढाए

बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पाँच महिनामा अधिकतम् १० प्रतिशतभन्दा माथिले कर्जा लगानी बढाएको राष्ट्र बैंकले बताएको छ ।  यस्तो कर्जा तरलता अभावकै बीच बैंक तथा वित्तीय संस्थाहरुले वार्षिक विन्दुगत आधारमा पाँच महिनामा १०.४ प्रतिशतले बढाउँदै ४० खर्ब माथि लगानी गरेको राष्ट्र बैंकले बताएको हो ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा बैंकहरुले ७.१ प्रतिशतले मात्र बढाएका थिए । यस्तो कर्जा वार्षिक विन्दुगत आधारमा २०७८ मंसिर मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ

१० हजार नेपालीसँग ४० अर्बको नक्कली सिक्का - Naya Patrika

सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग, कालोधन बिटक्वाइनमा लगानी, हुन्डीको नयाँ तरिका बिटक्वाइन, ह्याकरले बढाए बिटक्वाइनको भाउ नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि नेपालीसँग करिब ४० अर्बको बिटक्वाइन रहेको खुलेको...पूरा पढ्नुहोस् »