नयाँ नीतिले पनि बढेन लगानीकर्ताको मनोबल

काठमाडौं– राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाए पनि लगानीकर्ताको मनोबल बढ्न नसक्दा आइतबार सेयर बजार राताम्मे भएको छ । आइतबार नेप्से परिसूचक १.८२ प्रतिशत अर्थात ३५.६७ अंकले घट्दै १९२१.२४ विन्दुमा झरेको छ । केन्द्रीय बैंकले गत बिहीबार एक परिपत्र जारी गर्दै व्यक्तिगत सेयर धितो कर्जाको सीमा १२ करोडबाट बढाएर १५ करोड रुपैयाँ पुर्याएको छ […]