तरलता अभावकै बीच बैंकहरुले १० प्रतिशतले कर्जा लगानी बढाए

बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पाँच महिनामा अधिकतम् १० प्रतिशतभन्दा माथिले कर्जा लगानी बढाएको राष्ट्र बैंकले बताएको छ ।  यस्तो कर्जा तरलता अभावकै बीच बैंक तथा वित्तीय संस्थाहरुले वार्षिक विन्दुगत आधारमा पाँच महिनामा १०.४ प्रतिशतले बढाउँदै ४० खर्ब माथि लगानी गरेको राष्ट्र बैंकले बताएको हो ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा बैंकहरुले ७.१ प्रतिशतले मात्र बढाएका थिए । यस्तो कर्जा वार्षिक विन्दुगत आधारमा २०७८ मंसिर मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ

सम्बन्धित सामग्री

तरलता सहज हुँदा पनि कर्जा लगानी नगरी निक्षेप थुपार्दै बैंकहरू

बैंकिङ प्रणालीमा अधिक तरलता भएर कर्जा लगानी बढाउनुपर्ने अवस्थामा वाणिज्य बैंकहरू उल्टो बाटोतर्फ लागेका छन् । प्रणालीमा अधिक तरलता भएको भन्दै राष्ट्र बैंकले तरलता खिच्दै आइरहेको छ । तर, बैंकहरू भने ब्याजदर...

८ प्रतिशतले बढ्यो सहकारी बैंकमा तरलता

राष्ट्रिय सहकारी बैँकमा झन्डै ८ प्रतिशतले तरलता वृद्धि भएको छ । गत कात्तिकको तुलनामा मंसिरमा सहकारी बैंकको तरलता ७.९४ प्रतिशतले वृद्धि हुँदै ८ अर्ब ८ करोड १० लाख रुपैयाँ पुगेको हो । कात्तिकमा बैंकसँग ७  अर्ब ४८ करोड ६४ लाख तरलता रहेको थियो ।यद्यपि, कात्तिकको तुलनामा बैंकको निक्षेप तथा कर्जा लगानी भने घट्न पुगेको छ । मंसिर महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै बैंकले ४० अर्ब ६८ करोड १० लाख रुपैयाँ बचत संकलन गर्दै ३४ अर्ब ७९ करोड ४८ लाख रूपैयाँ कर्जा लगानी गरेको जनाएको छ । अघिल्लो

घट्दो तरलताका बाबजुद बैंकहरुले बढाए कर्जा लगानी

निरन्तर घट्दो दरमा रहेको तरलता (लगानी योग्य पुँजी) को अभावका बाबजुद पनि बैंकहरू लगानी बढाएका छन् । भदौ लागेसँगै बैंकहरुले कर्जा लगानीलाई प्राथमिकता दिएका हुन् । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार भदौ १ गतेदेखि भदौ १० गतेसम्म निक्षेप संकलनमा खासै प्रगति नहुँदा नहुँदै पनि बैंकहरुले तीन अर्ब रुपैयाँले कर्जा लगानी बढाएका छन् । संघको रिपोर्ट अनुसार समीक्षा अवधिमा साउन मसान्तको भन्दा ७ अर्ब रुपैयाँले निक्षेप घट्दै बैंकहरुको कुल निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ । तर, सो

तरलता अभावको प्रभाव : बैंकहरूको असुलीमा पनि समस्या

२७ असार, काठमाडौं । दोस्रो त्रैमासदेखि नै बैंक तथा वित्तीय संस्थामा देखिएको लगानी योग्य पुँजी (तरलता) को अभाव प्रभाव असार मसान्तमा देखिन लागेको छ । आर्थिक वर्षको अन्तिममा बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी रोकेर कर्जा असुली (रिकभरी) लाई प्राथमिकतामा राख्ने गर्छन् । तर यस वर्ष उनीहरुको असुली प्रभावित भएको छ । बजारमा पुँजी अभाव, […]

थप गहिरिँदै तरलता संकट, ५ अर्बले कर्जा माग बढ्यो

अपेक्षित रुपमा निक्षेप बढ्न नसकिरहेको बेला पछिल्लो हप्ता बैंकहरुको कर्जा लगानी थप बढेको छ । नेपाल बैंकर्स संघले दिएको रिपोर्टअनुसार गत चैत ११ गतेदेखि १८ गतेसम्म २७ वटा वाणिज्य बैंकहरुले ५ अर्बले कर्जा लगानी बढाउँदै कुल ४१ खर्ब ७५ अर्ब रुपैयाँ लगानी गरेका छन् । यस्तो कर्जा लगानी अघिल्लो हप्ता अर्थात् चैत ४ गतेदेखि ११ गतेसम्म बैंकहरुले जम्मा २ अर्ब रुपैयाँले मात्र बढाउँदै कुल ४१ खर्ब ७० अर्ब रुपैयाँ लगानी गरेका थिए ।  तर, एकै हप्तामा बैंकहरुले ५ अर्बले कर्जा लगानी बढाइराख्दा यता निक्षेप

बैंकहरुले ठप्प बनाए ऋण लगानी

३० फागुन, काठमाडौं । लगानी योग्य रकम (तरलता) अभाव समस्या समाधान नभएपछि बैंकहरुले कर्जा लगानी ठप्प बनाएका छन् । पछिल्लो एक सातामा बैंकहरुको कर्जा लगानी एक अर्बले घटेको छ । अधिकांश बैंकहरु आफै कर्जा दिनै नसक्ने अवस्थामा पुगेका छन् भने थोरै दिन सक्ने बैंकहरुले समेत कर्जा लगानी रोकेका छन् । बैंकहरुले कर्जाको नयाँ निवेदन नै […]

बैंकिङ प्रणालीमा घट्यो तरलता, राष्ट्र बैंक भन्छ– आत्तिनु पर्दैन

१७ माघ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) थप गहिरिएको छ । बैंकहरुको निक्षेप लगातार घट्ने क्रममा रहेको र कर्जा लगानी भने लगातार बढिरहेका कारण बैंकहरुमा तरलता घटेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निकै चाप रहेको तरलता दोस्रो त्रैमासमा भने झन् ठूलो चाप परि नयाँ कर्जा स्वीकृत गर्नै नसक्ने […]

बैंकमा ३२ अर्ब लगानी योग्य रकम: सहज हुन थालेको हो तरलता ?

बैंक तथा वित्तीय संस्थाहरूमा चालू आर्थिक वर्षको ६ महिनापछि बल्ल तरलता सहज हुन थालेको छ । सरकारले स्थानीय निकायको सञ्चित कोषमा भएको ८० प्रतिशसम्मको रकम वाणिज्य बैंकहरूले निक्षेपका रूपमा लिन पाउने व्यवस्था गरेको र बैंकहरूले तीन महिनादेखि नै नयाँ ऋणीलाई कर्जा लगानी गर्न रोकेका कारण तरलता सहज हुन थालेको देखिएको हो । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार पुस मसान्तमा सरकारलाई कर तिनुपर्ने भएका कारण बैंकहरूमा फेरि तरलता अभाव हुन्छ कि भन्ने चिन्ता थियो । उनका अनुसार पुस मसान्तसम्मको तथ्यांकले बैंकहरूमा ३२ अर्ब र...

१० अर्बले बढ्यो बैंकहरूको निक्षेप, ४० खर्ब ३४ अर्ब कर्जा लगानी

तरलता अभाव रहेकाले नयाँ कर्जा प्रवाह रोकिएको भनिए पनि तथ्याङ्कले बैंकहरूले कर्जा लगानी रोकिएको देखाउँदैन ।

बैंकमा तरलता अभाव : हप्ता दिनमा निक्षेप बराबरकै कर्जा लगानी

१८ असोज, काठमाडौं । बैंकहरुमा निक्षेप संकलनमा सुधार भएको छ । बैंकहरुले बितेको सातामा ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । असोज ८ सम्म ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप १५ गतेसम्म ४२ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । एक साताको अवधिमा कर्जा लगानी र निक्षेप संकलन बराबरी देखिएको छ । […]