बैंकहरूले ट्रेजरीको ब्याज बढाए

काठमाडौं  । बैंकहरूले ब्याजदर बढाएपछि बोलकबोलमा राखिएको २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स नेपाल राष्ट्र बैंकले आफैले खरीद गरेको छ । सोमवार राष्ट्र बैंकले २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल्स नवीकरणका लागि बोलकबोल गरेको थियो । त्यसमध्ये २८ दिन अवधिको २ अर्बको ट्रेजरी केन्द्रीय बैंक आफैले खरीद गरेको हो । यसबाहेक ९१ दिनको ७ अर्ब १० करोड, १८२ दिनको ७ अर्ब र ३६४ दिनको ५ अर्ब गरी १९ अर्ब १० करोड रुपैयाँको बराबरको ट्रेजरी बिल्स भने बैंक, वित्तीय संस्थाले खरीद गरेका छन् । यसमध्ये ९१ दिनको ट्रेजरीमा ९ दशमलव ६३ प्रतिशत, १८२ दिन अवधिमा १० दशमलव २४ र ३६४ दिन अवधिमा १० दशमलव शून्य ८ प्रतिशत औसत ब्याजदर कायम भएको छ । अघिल्लो साताको तुलनामा ९१ दिनको ट्रेजरीको ब्याजदर वृद्धि भए पनि १८२ र ३६४ दिन अवधिमा भने ब्याजदर घटेको राष्ट्र बैंकले बताएको छ । ट्रेजरी बिल्स १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल विक्री गरिन्छ । पछिल्लो समय बैंकहरूमा तरलताको अवस्था सहज भए पनि उनीहरूले कर्जा विस्तार गर्न सकेका छैनन् । फलस्वरूप सरकारी ऋणपत्रको लगानीमा बैंकहरू केन्द्रित हुँदा ट्रेजरीको ब्याजदर घटिरहेको छ ।

सम्बन्धित सामग्री

बढेको ब्याज : कारण र प्रभाव

असोजका लागि बैंकहरूले ब्याजदर घटाउने अपेक्षा यसपालि लगभग सबै पक्षको थियो– व्यापारीदेखि बचतकर्तासम्म । भदौ महीनामा ‘क’ वर्गको बैंकमा करीब ६३ अर्बको रकम निक्षेप स्वरूप आएको थियो । स्थानीय निकायको उक्त रकम आएपछि, अन्तर बैंक ब्याजदर घट्दो क्रममा देखिन थालिसकेको थियो (२ दशमलव ५ प्रतिशतसम्म), ट्रेजरी बिल्सको दर, ऋणपत्रको दरलाई मात्र हेर्ने हो भने पनि घट्दो क्रममा आउन शुरू भइसकेको थियो । बैंकिङ प्रणालीमा भदौ महीनामा स्थानीय तहको निक्षेप जोड्न पाउने भएपछि स्वाभाविक रूपले अन्तरबैंक कारोबारमा वृद्धि भएर नेपाल राष्ट्र बैंकले प्रदान गर्ने ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधाको प्रयोगसम्म नभएको यस अवस्थामा बैंकहरूले ब्याजदर बढाए ।  नेपाल राष्ट्र बैंककै पछिल्लो तथ्यांक हेर्ने हो भने बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २/३ प्रतिशतले घटेको देखिएको छ । निक्षेप दिगो भएमा अहिलेको तरलता यदि स्थायी भएमा आगामी दिनमा बैंकहरूले स्वत: आफ्नो ब्याजदर परिवर्तन गर्ने तर्क पेश गर्छन् । यदि कुनै पनि बैंकले ब्याज वृद्धि गर्छ भने स्वाभाविक रूपमा उसको ‘कस्ट अफ फन्ड’ उच्च हुन्छ । यसले गर्दा यस प्रतिस्पर्धात्मक बजारमा ग्राहक भड्किने जोखिम हुन्छ ।  बैंकहरूले ब्याजदर बढाउनुमा तरलता मात्र एक कारकतत्त्व हुँदैन । अनिवार्य नगद अनुपात विगतकै झैं कायम भएको अवस्था र बैंक दर विगतकै झैं रहिआएको अवस्थामा यस वर्षको मौद्रिक नीतिले समेत भूमिका निर्वाह गरेको हुन्छ । अहिले बैंकहरूलाई आफ्नो तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकसमक्ष पुग्नुपर्ने अवस्था छैन । सहजै अन्तरबैंक बजारबाट प्राप्त गर्न सक्छन् । केन्द्रीय बैंकले अनिवार्य नगद अनुपातको दर र बैंक दरमा पुन: विचार नगरेसम्म हालको स्थिति शायद सामान्य नै हो भनी आकलन गर्न सकिन्छ । ब्याजदर वृद्धि हुँदा प्रत्यक्ष प्रभाव बैंकबाट कर्जा उपभोग गरिरहेका ग्राहकले भोग्ने हो । हेर्दा सामान्य लाग्छ, तर ब्याज बढ्दा यसरी सबै पक्ष प्रभावित हुन्छ । एक पटक मूल्य बढेपछि घट्ने सम्भावना कम नै हुन्छ । यसले गर्दा आजको ब्याजदरले समग्र बजारमै एउटा हलचल ल्याउन सक्छ । बैंकको ब्याजदरको प्रत्यक्ष प्रभाव पर्ने भनेको शेयरबजारलाई हो । यहाँबाट ठूलो रकम संकलित हुने र त्यसलाई समेत परिचालन गर्न सक्ने क्षमता रहेको पक्ष शायद विश्लेषण गरिँदैन । ब्याजदरले शेयरमा लगानी गरेर बस्ने जमातलाई निरुत्साहित गरेको स्पष्ट देख्न सकिन्छ । ब्याजदर बढेपछि त्यसले कतै न कतैबाट बजारको मूल्यमा समेत प्रभाव पार्ने गर्छ । मोटरसाइकलको किस्ता रकम वृद्धि हुँदा, पठाओको शुल्क वृद्धि गर्छ, गाडीको किस्ता रकम वृद्धि गर्दा गाडी सुविधाको बढ्छ, कुनै एउटा कलकारखाना बैंकको लगानी हुँदा, ब्याज रकम बढ्दा, उक्त कलकारखानाले बैंकलाई तिर्नुपर्ने रकम नै वृद्धि हुन्छ, फलस्वरूप, त्यहाँ बाट उत्पादन हुने वस्तुको मूल्य वृद्धि गर्नुबाहेकको विकल्प हुँदैन, जसले गर्दा प्रत्यक्ष मारमा सर्वसाधारण नै पर्ने गर्छन् । एकातिर उच्च डलरको मूल्यले आयातित वस्तुको मूल्य बढाइरहेको छ भने अर्कोतर्फ हेर्दा नेपाली बजार आफै महँगो हुँदै गएको छ । यस्तो अवस्थामा अर्थतन्त्र झन् महँगो बनाउन यस निर्णयले सहयोग गरेको देखिन्छ । होला, डलरको मूल्यमा, पेट्रोल डिजेलको मूल्यमा हाम्रो नियन्त्रण छैन तर आन्तरिक ब्याजमा हाम्रो धेरै भूमिका हुन्छ । आज खेलाँचीमा गरिएको निर्णय आगामी दिनमा समेत प्रभाव पार्ने हुन्छ ।  कमजोर बनेको अर्थतन्त्रले गर्दा धेरै व्यापार ठप्प हुँदै गएको देख्न सकिन्छ । तर, विषय तब संवेदनशील हुन्छ जब लगानी गर्ने इच्छा हट्छ । वैदेशिक लगानीको अपेक्षा गरिरहँदा नेपाली लगानीलाई अहिलेको ब्याजदरले निरुत्साहित गरेको देखिन्छ । स्टार्टअपमा लाग्ने लगानी होस् या कुनै व्यवसाय विस्तार गर्न स्रोत जुटाउन चाहिने लगानी – यहाँ सम्भावना न्यून हुँदै गएको स्पष्ट देख्न र भोग्न सकिन्छ । हिजो उद्यमी बन्छु भन्नेहरू आज विदेशतर्फ लम्कने अवस्था छ । उच्च ब्याजदरले प्रत्यक्ष उद्यमशीलतालाई निरुत्साहित गरेर धेरै रोजगारीको अवसरसमेत वञ्चित गर्न थालेको देख्न सकिन्छ । खुला बजार सिद्धान्तलाई आत्मसात् गर्ने हो भने बैंकहरूलाई स्वतन्त्र छोड्नुपर्छ । ब्याजदर बजारको माग र आपूर्तिले नै निर्धारण गर्ने गर्छ । ब्याजदर पनि सोहीअनुरूप नै निर्धारण हुन पुग्छ । बैंकलाई निक्षेप चाहिएको छ भने स्वत: बैंकको ब्याज उच्च हुन्छ । स्प्रेडदर जस्ता तत्त्वहरूले भूमिका खेले पनि अन्तत: सर्वसाधारण बुद्धिमानी नै हुन्छन् र सोहीअनुरूप निर्णय गर्ने हुन्छन् । उच्च ब्याज पाउने ठाउँमा निक्षेप राख्ने र न्यून ब्याज हुने ठाउँबाट कर्जा सुविधा लिन उनीहरू आफै विवेकशील रहन्छन् । यसले गर्दा अन्तत: बैंकको ब्याजदर आफै सतहमा आइहाल्छ । बैंकको ब्याजदरसँग धेरै पक्ष आबद्ध भएकाले यसलाई नियाल्ने दृष्टि धेरैको हुनु स्वाभाविक हो तर ब्याजदर कुनै एक पक्षलाई मात्र आधार मानेर बनाइएको हुँदैन । बैंक, सरकार र केन्द्रीय बैंकबीचको समन्वय महत्त्वपूर्ण पक्ष हो ।  रेग्मी बैंकर हुन् ।

५ बैंकले बढाए ब्याज

काठमाडौं  । नेपाल बैंकर्स संघले ब्याजदर नतोक्ने निर्णय गरेपछि साउनका लागि पाँचओटा बैंकले मात्र निक्षेपको ब्याजदर बढाएका छन् । बैंकहरूले आइतवार सार्वजनिक गरेको सूचनाअनुसार एनएमबि, एन.आई.सी. एशिया, प्राइम कमर्सियल, नबिल र कुमारी बैंकले असारको तुलनामा ब्याजदर बढाएका छन् । ग्लोबल आइएमई, नेपाल एसबीआई, हिमालयन, सिटिजन्स र नेपाल इन्भेष्टमेण्ट मेगा गरी पाँचओटाले ब्याजदर स्थिर राखेका छन् । बाँकी ९ ओटाले घटाएका छन् ।  बैंकहरूले असारमा निक्षेपमा अधिकतम ९ दशमलव ९९ प्रतिशतसम्म ब्याज दिएका थिए । साउनमा सबैभन्दा बढी एनएमबि बैंकले अधिकतम १० दशमलव ९८ प्रतिशत ब्याज दिने सूचना प्रकाशित गरेको छ । यो १० वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर हो । १० वर्षभन्दा कम अवधिमा भने १० दशमलव ७५ प्रतिशत ब्याजदर तोकेको छ ।  यस्तै प्राइम बैंकले ३ महीनाभन्दा बढी अवधिको व्यक्तिगत मुद्दतीमा १० दशमलव ९३ प्रतिशत, एन.आई.सी. एशियाले १५ वर्षसम्मको मुद्दतीमा १० दशमलव ९३, नबिलले २ वर्षभन्दा बढी अवधिका लागि १० दशमलव ४९ र कुमारीले ५ वर्षभन्दा बढी अवधिको लागि १० दशमलव शून्य १ प्रतिशत ब्याजदर तोकेको छ ।  ग्लोबल आइएमई, नेपाल एसबीआई, हिमालयन, सिटिजन्स र नेपाल इन्भेष्टमेण्ट मेगाको अधिकतम ब्याजदर भने असारमै कायम ९ दशमलव ९९ प्रतिशत छ । स्ट्याण्डर्ड चार्टर्डले सबैभन्दा कम ८ दशमलव ९५ प्रतिशतसम्म ब्याजदर  तोकेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले अघिल्लो महीना कायम ब्याजदरमा बढीमा १० प्रतिशत घटबढ गर्न पाउँछन् । संस्थागत मुद्दतीमा व्यक्तिगत मुद्दतीको तुलनामा २ प्रतिशत विन्दु कम र रेमिट्यान्सलाई १ प्रतिशत विन्दु बढी ब्याज दिनुपर्ने व्यवस्था छ ।

चर्को ब्याजदरविरुद्ध भक्तपुरका उद्योमी व्यवसायी एकजुट

भक्तपुर – बैंक तथा वित्तीय संस्थाले असुल्दै आएको चर्को ब्याजदरविरुद्धमा भक्तपुरका उद्यमी व्यवसायी एकजुट भएका छन् । उनीहरूले आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई छ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याजदर बढाए पनि निक्षेप बढ्न नसकेको यथार्थ तर, कर्जाको ब्याज बढेर यसबाट बजारमा नकारात्मक असर […]

वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर बढाए

काठमाडौं । वाणिज्य बैंकहरुले आज (मंगलबार) देखि लागू हुने गरी कर्जाको ब्याजदर बढाएका छन् । बैंकहरुले निक्षेपको ब्याजदर पुरानै कायम राख्दै कर्जाको मात्रै ब्याजदर बढाएका हुन् । विभिन्न वाणिज्य बैंकहरुले आज प्रकाशित गरेका सूचना अनुसार अब पुराना ऋणीहरुले पनि १८ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ । बैंकहरुले निक्षेपको आधार दर बढेको भन्दै कर्जाको ब्याजदर बढाएका हुन् […]

बैंकहरुले मनपरी बढाए ब्याजदर, सीईओहरुलाई राष्ट्र बैंकले गरायो सचेत

२ चैत, काठमाडौं । बैंकहरुले मनपरी ढंगले ब्याजदर बढाउने गरेको पाइएको छ । पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभाव भएपछि निक्षेप तान्न बैंकहरुले मनपरी ढंगले ब्याज दिने गरेको पाइएको हो । बैंकहरुले नियम विपरीत ब्याजदर परिवर्तन गर्ने गरेको पाइएपछि राष्ट्र बैंकले १४ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराएको छ । राष्ट्र बैंकको […]

वाणिज्य बैंकहरूले बढाए ब्याजदर, कति पुग्यो ?

वाणिज्य बैंकहरुले फागुन महिनाको लागि ब्याजदर बढाएका छन्। शनिवार वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्। सार्वजनिक ब्याजदर अनुसार यी बैंकहरुको अधिकतम ब्याजदर ११.०३ प्रतिशत पुगेको छ। नयाँ ब्याजदर सार्वजनिक गर्ने सबै बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा सो दरमा ब्याज दिने भएका छन्। गत महिना अधिकांश बैंकहरुको अधिकतम १०.०५ प्रतिशत रहेको थियो। लामो समयदेखि तरलताको समस्या भोग्दै आएका बैंकहरुले अहिले लगानीयोग्य रकम जोहो गर्न ब्याजदर बढाएका हुन्।

ब्याजदर वृद्धिपछि राष्ट्र बैङ्कको हस्तक्षेप – नेपालका बैङ्क छाडा भएकै हुन् ?

वाणिज्य बैङ्कहरूले आफूखुसी निक्षेप ब्याजदर बढाए/घटाएपछि राष्ट्र बैङ्कले हस्तक्षेप गरेको छ । राष्ट्र बैङ्कले मंगलबार राति तीन बुँदे निर्देशन जारी गर्दै २४ घन्टाभित्र ब्याजदर परिवर्तन गर्न भनेपछि बैङ्कहरू ब्याजदर परिवर्तनतर्फ लागेका छन् । उक्त निर्देशनसँगै ब्याजदर बढाएका बैङ्कहरूले आज साँझसम्म ब्याजदर परिवर्तन गरिसक्नुपर्ने छ ।संस्थागत निक्षेपकर्ताको रकम आफ्नो बैङ्कमा तान्ने लक्ष्यसहित १९ वटा बैङ्कले निक्षेपको ब्याज बढाएका थिए । जसमध्ये हिमालयन, एनआईसी एसिया र लक्ष्मी बैङ्कको निक्षेप ब्याज ११ प्रत

बैंकहरुले बढाए ब्याजदर, निक्षेपकर्तालाई झण्डै १२ प्रतिशतसम्म

काठमाडौं, १ कात्तिक । बैंकहरुमा रकम अभाव भएपछि बचन र मुद्दतीमा ब्याजदर ह्वात्तै बढाएका छन् । यस आर्थिक वर्षको पहिलो त्रैमासिकबाट ब्याज बढाउने प्रतिष्पर्धा चलेकोमा कात्तिकबाट नयाँ ब्याजदर आउँदा वृद्धि देखिएको छ । बैंकहरुले निक्षेपकर्तालाई झण्डै १२ प्रतिशतसम्म ब्याजदर राखेका छन् । ११ प्रतिशतभन्दा माथि ब्याजदर दिने घोषणा वाणिज्य बैंकहरुले गरेका छन् । यसबाट ऋण […]