मध्यपश्चिम विश्वविद्यालय र प्रजातन्त्रवादी प्राध्यापक संघबीच ८ बुँदे सहमति

मध्यपश्चिम विश्वविद्यालय र नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघबीच आन्दोलनका कार्यक्रम फिर्ता लिन ८ बुँदे सहमति भएको छ । विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय समस्या समाधान समिति र आन्दोलनरत प्राध्यापकबीच शुक्रवार साँझ वार्ता सम्पन्न भएको हो । विश्वविद्यालयद्वारा गठित वार्ता टोलीका सदस्य उपप्राध्यापक विष्णुकुमार खड्काका अनुसार विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायका रिक्त पदमा सबै पक्षलाई अपनत्व हुने पदपूर्ति गर्नुपर्ने, आंशिक प्राध्यापकलाई सेवागत ज्येष्ठता, विषयगत आवश्यकता तथा कार्यभारका आधारमा र करार प्राध्यापकलाई दरबन्दी सिर्जना गरी स्थायी ...

सम्बन्धित सामग्री

मध्यपश्चिम विश्वविद्यालय माग्यो कर्मचारी

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्टले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।  विश्वविद्यालयले बुधवार सूचना जरी गर्दै शैक्षिक र प्रशासनिक पदहरूमा करार शिक्षक तथा कर्मचारीहरूको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने जानकारी दिएको छ ।  विश्वविद्यालयले उप- प्राध्यापक पदका लागि ३ जना र मूख्य सहायक पदका लागी ३ जना गरी जम्मा ६ जना शिक्षक तथा कर्मचारी माग गरेको हो ।  विश्वविद्यालयले योग्यता पुगेका नेपाली नागरिकहरुले नियमित दस्तुरमा २०७९।१२।२३ गते दिनको ५ बजेसम्म तथा डबल दस्तुर तिरेर २०७९।१२।३० गते सम्ममा मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको प्रशासनमा दरखास्त दिन आह्वान गरेको छ । हेर्नुहोस् सुचना

मप विश्वविद्यालयको मुसोममा शिक्षक तथा कर्मचारीको माग

५ साउन, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम)ले करार शिक्षक तथा कर्मचारी पदपूर्तिका लागि आवेदन माग गरेको छ । मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट पदपूर्ति समितिले तीन उप-प्राध्यापक, मुख्य सहायक प्रशासन, मुख्य सहायक कम्प्युटर प्राविधिक, मुख्य सहायक रिसेप्सनिस्टमा एक एक जना गरी ६ पदमा आवेदन आह्वान गरेको छ । पदपूर्ति समितिले योग्यता पुगेका […]

प्राध्यापक नियुक्तिमा विश्वविद्यालयको बदनियत

२५ जना प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापकको पदपूर्तिमा मध्यपश्चिम विश्वविद्यालय र सेवा आयोगको बदनियत देखिएको छ। २०७८ जेठ ३ गते २५ जना प्राध्यापकको पदपूर्तिका लागि विषय नखुलाएर १० दिने सूचना जारी गरेको विश्वविद्यालयले छ महिनापछि नियुक्ति सम्बन्धी वि...

विश्वविद्यालयमा राजनीति नगरौं : सभामुख शाही

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले विश्वविद्यालयमा देखिएको राजनीतिलाई न्युनिकरण गर्दै पढ्ने र अनुसन्धान गर्ने थलोका रुपमा विकास गर्नु पर्ने सुझाव दिएका छन् । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको १२ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले यस्तो सुझाव दिएका हुन् ।सभामुख शाहीले विश्वविद्यालयहरू विशुद्ध अनुसन्धानमूलक र प्राज्ञिक बन्नुपर्ने भन्दै प्राध्यापक, कर्मचारी र विद्यार्थीहरु राजनीतिक गतिविधिमा बढी केन्द्रीत हुने गरेकाले विश्वविद्यालयहरुको विश्वसनीयता गुम

प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा कँडेल

सुर्खेत । नेकपा एमाले निकट नेपाल प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कमिटी अध्यक्षमा रामप्रसाद कँडेल सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा वेदप्रकाश ढकाल, सचिव युवराज पौडेल, सह सचिवमा कमलराज लम्साल चयन भएका छन् । यस्तै कोषाध्यक्षमा दिनेश कँडेल तथा सदस्यहरूमा त्रिभुवन बि सी, क्षेत्रमणी तिमिल्सेना, सबिता ढुंगाना र भीम रोकाय चयन भएका हुन । […]

मध्यपश्चिम विश्वविद्यालयको जोगिएला त साख ?

‘नालायक भिसी विश्वविद्यालय छोड्, नालायक भिसी मुर्दावाद’ जस्ता नारा गत साउनमा मध्यपश्चिम विश्वविद्यालय (एमयु) मा झण्डै एक महिना नै लाग्यो । उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहविरुद्ध सोही विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी आन्दोलित थिए । आन्दोलनका क्रममा उनको पुत्ला दहनसमेत भयो ।डेढ वर्ष अघिमात्र उपकुलपति भएर आएका सिंहले विश्वविद्यालयको शैक्षिक स्तर उकास्ने, प्रशासन चुस्त–दुरुस्त राख्ने भन्दा पनि आन्दोलनका बीच कसरी आफू टिक्ने भन्नेमै केन्द्रित भएर अहिलेसम्मको कार्यकाल ब

मध्यपश्चिम विश्वविद्यालय–चण्डीगढ विश्वविद्यालय समझदारी

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयु) सुर्खेत र भारतको चण्डीगढ विश्वविद्यालयबीच शैक्षिक सहयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चण्डीगढ विश्वविद्यालयबीच शैक्षिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो । दुई छिमेकी नेपाल–भारतबीच शैक्षिक सहयोग एवं द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनु एमओयूको मुख्य उद्देश्य रहेको बताइएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह र चण्डीगढ विश्वविद्यालयका उपकुलपति आएएस बावाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । एमओयूपछि अब दुवै विश्वविद्यालयले शैक्षिक गुणस्तर, संकाय र विद्यार्थी आदानप्रदान, अनुसन्धान सहयोग, गुणस्तरीय शिक्षा, सांस्कृतिक तथा प्रासंगिक विकास मोडल कार्यक्रम सञ्चालन गर्नेछन् । विश्वव्यापी आवश्यताकताको सामना गर्न व्यावसायिक विकासका अवसर सिर्जना गर्दै २१ औं शताब्दीको उपयुक्त मानव संसाधन तयार गर्नु एमओयूको अर्को उद्देश्य रहेको बताइएको छ । एमओयू हस्ताक्षर भएको मितिदेखि पाँच वर्षका लागि मान्य हुनेछ । एमओयू हस्ताक्षर कार्यक्रममा दुवै विश्वविद्यालयका प्राध्यापक एवं अधिकारीको उपस्थिति रहेको एमयूका प्रतिनिधि पञ्चदेव भट्टले जानकारी दिए ।

मध्यपश्चिम विश्वविद्यालय र प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच आठबुँदे सहमति

मध्यपश्चिम विश्वविद्यालय र नेपाल प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच आन्दोलनका कार्यक्रम फिर्ता लिन आठबुँदे सहमति भएको छ ।

स्वार्थको भूमरीमा मध्यपश्चिम विश्वविद्यालय

मध्यपश्चिम विश्वविद्यालयमा स्थापनाकालदेखि नै विभिन्न विवादमा पर्दै आएको छ । विश्वविद्यालयमा कहिले पदाधिकारी, प्राध्यापक, कर्मचारी विवादमा तानिँदै आएका छन् भने कहिले प्राध्यापक, विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । पछिल्लो समय विश्वविद्यालयमा आन्दोलनका कार्यक्रम दिनहुुँ भइरहेको छ । अहिले प्राध्यापक र विद्यार्थीले आ–आफ्ना विभिन्न मागहरू राखेर आन्दोलन गरिरहेका छन् । मागप्रति विश्वविद्यालय, प्राध्यापक र विद्यार्थीहरूका आ–आफ्नै अडान छन् । विश्वविद्यालय पदाधिकारीले प्राध्यापक र विद्यार्थीले राखेका कतिपय मागहरू जायज नभएकाले सम्बोधन गर्न नसकिने अडान राख्दै आएका छन् । खासगरी कारबाही गरिएका प्राध्यापकहरूको कारबाही फिर्ता गरिनुपर्ने र अनलाइन माध्यमबाट परीक्षा हुनुपर्ने प्राध्यापक र विद्यार्थीको मुख्य माग छ । यी माग पूरा गर्न नसकिने र अन्य मागहरू वार्ताबाट सहमति गरेर अघि बढ्न सकिने विश्वविद्यालयका पदाधिकारीले भन्दै आएका छन् । आन्दोलनरत पक्ष यी दुई मागलाई सम्बोधन गर्नुपर्ने भनेर खरो रूपमा उत्रिएका छन् ।