मध्यपश्चिम विश्वविद्यालयको जोगिएला त साख ?

‘नालायक भिसी विश्वविद्यालय छोड्, नालायक भिसी मुर्दावाद’ जस्ता नारा गत साउनमा मध्यपश्चिम विश्वविद्यालय (एमयु) मा झण्डै एक महिना नै लाग्यो । उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहविरुद्ध सोही विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी आन्दोलित थिए । आन्दोलनका क्रममा उनको पुत्ला दहनसमेत भयो ।डेढ वर्ष अघिमात्र उपकुलपति भएर आएका सिंहले विश्वविद्यालयको शैक्षिक स्तर उकास्ने, प्रशासन चुस्त–दुरुस्त राख्ने भन्दा पनि आन्दोलनका बीच कसरी आफू टिक्ने भन्नेमै केन्द्रित भएर अहिलेसम्मको कार्यकाल ब