विश्वविद्यालयमा राजनीति नगरौं : सभामुख शाही

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले विश्वविद्यालयमा देखिएको राजनीतिलाई न्युनिकरण गर्दै पढ्ने र अनुसन्धान गर्ने थलोका रुपमा विकास गर्नु पर्ने सुझाव दिएका छन् । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको १२ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले यस्तो सुझाव दिएका हुन् ।सभामुख शाहीले विश्वविद्यालयहरू विशुद्ध अनुसन्धानमूलक र प्राज्ञिक बन्नुपर्ने भन्दै प्राध्यापक, कर्मचारी र विद्यार्थीहरु राजनीतिक गतिविधिमा बढी केन्द्रीत हुने गरेकाले विश्वविद्यालयहरुको विश्वसनीयता गुम

सम्बन्धित सामग्री

राजनीति गर्ने मान्छेहरु भ्रममा बाँचिरहेका हुन्छन्ः प्रदेश सभामुख पाठक

काठमाडौँ, २७ असोज । बागमती प्रदेशसभा सभामुख भूवनकुमार पाठकले सिक्ने कुराहरु कहिले पनि अन्त्य नहुने बताएका छन् । “अध्ययन कार्यको कहिले पनि अन्त्य हुँदैन, कोही मान्छे ‘परफेक्ट’ हुँदैन, हामी राजनीति गर्ने मान्छेहरु भ्रममा बाँचिरहेका हुन्छौँ, महत्वपूर्ण पदमा पुगेपछि हामी जति योग्य र जान्ने कोही छैन भन्ने छ, यसले नकारात्मक प्रभाव पारिरहेको हुन्छ, सानादेखि ठूला नेताहरुको […]

सांसदहरूबाटै गैरसंवैधानिक अभिव्यक्ति आउन थालेः सभामुख घिमिरे

झापा – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसदहरूबाट नै गैरसंवैधानिक अभिव्यक्ति आउन थालेको बताएका छन् । झापाको बिर्तामोड नगरपालिकाले बिहीबार आयोजना गरेको सम्मान कार्यक्रममा उनले संसदमा रहेका १२ वटा केही सांसदले नै संविधानको भावनाविपरीत अभिव्यक्ति दिइरहेको सभामुख घिमिरेले बताए। उनले भने, ‘सरकारलाई समर्थन दिएर सरकारबाहिर बस्ने, सरकारमै रहेका दलका सांसदहरूबाट गैर संवैधानिक अभिव्यक्तिका कारण राजनीति अप्ठ्यारो […]

सत्ताकाे दाउपेचमा कांग्रेसकाे राजनीति झिंगेदाउमा सीमित

काठमाडाैं । मंसिर ४ को चुनावपछि तेस्रो दलको मान्यता पाएको नेकपा माओवादी केन्द्रको नेतृत्वमा सात दलीय गठबन्धनको सरकार छ । यदि कुनै चमत्कार नभए दोस्रो ठूलो दल एमालेले राष्ट्रपति, सभामुख, राष्ट्रिय सभा अध्यक्षसहितका तीन सम्माननीय पदमा आफ्नो वर्चश्व कायम गर्नेछ । जनमतबाट पहिलो दल बनेको नेपाली कांग्रेसको राजनीति भने झिंगेदाउमा सीमित बनेको छ । कांग्रेस […]

सभामुख हुँदा १ रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए राजनीति छाड्छु : ओनसरी घर्ती

काठमाण्डौ – पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रकी नेत्री ओनसरी घर्तीले आफू सभामुख हुँदा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेकाे जिकिर गर्नुभएकाे छ ।   तिहार पर्वका अवसरमा काठमाण्डाैको शंखरापुर नगरपालिका–३ जहरसिंहपौवामा हिजाे बिहीवार आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा नेत्री घर्तीले यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, ‘म सभामुख भएको मान्छे हुँ । दुई वर्ष सभामुख हुँदा सुशासनको मामिलामा देशलाई घात गर्ने काम गरेको वा एक रुपैयाँ भ्रष्टाचार गरेको कसैले पुष्टि गर्न सकोस्, म राजन...

सभामुख सापकोटाले सरकारी निवास छाडे

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् । लैनचौरस्थित सरकारी निवास छाडेर सापकोटा कौशलटारस्थित निवास सरेका छन । सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले  सरकारी सेवा सुविधा पनि त्याग गरेको घोषणा गरेका छन । आजै मात्रै सापकोटाले संसदीय राजनीति नगर्न भन्दै ४ मङ्‌सिरमा हुन गइरहेको निर्वाचन प्रक्रियाबाट औपचारिक रुपमा अलग भएको घोषणा […]

विश्वविद्यालयमा राजनीति नगरौँ : सभामुख शाही

काठमाडौँ,३ असार । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले विश्वविद्यालयहरुलाई राजनीति गर्ने थलोका रुपमा बनाउन नहुने बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “विश्वविद्यालयमा राजनीति नगरौँ, यसलाई शैक्षिक हवका रुपमा विकास गरिनुपर्छ ।” पछिल्लो समय विश्वविद्यालयमाथि अविश्वास बढ्दै गएको र विश्वविद्यालय बेरोजगारी उत्पादनको हब बन्दै गएको भन्दै सभामुख शाहीले […]

सभामुखले राजनीति गरे : सचिव अर्याल

बागलुङ । नेकपा एमाले सचिव पद्मा अर्यालले सभामुख अग्निप्रसाद सापकोटाले राजनीति गरेको आरोप लगाएकी छिन् । उनले सभामुख भएर राजनीति गर्न नपाइने बताइन् । अर्यालले सरकार अलोकतान्त्रिक र जनविरोधी भएको र त्यसैको मतियार सभामुख समेत बनेको आरोप समेत लगाइन् । ‘न सरकार जनपक्षीय छ, न सभामुख योग्य भए,’ उनले भनिन्, ‘पेलेर संसद् चलाउन खोज्ने, सहमति […]

प्रतिनिधिसभाको अवमूल्यन किमार्थ स्वीकार्य हुँदैन : सभामुख

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले जनताको सर्वोच्च जनप्रतिनिधि संस्थाको अधिकार पटक पटक हनन गर्दै प्रतिनिधिसभाको अवमूल्यन किमार्थ स्वीकार्य नहुने बताएका छन्।नयाँ बानेश्वरस्थित संसद भवनमा आज भएको सम्पादकहरूसँगको छलफलको छलफलमा उनले भने, 'राज्यका तीन अंग बीचको सन्तुलन नराम्रोसँग बिग्रिएको छ। राजनीति र प्रशासनिक सन्तुलन पनि बिग्रिएको छ।'बेलायतको संसदमा नेपालको कोभिड संकटबारे छलफल भएको तर प्रतिनिधि सभामा यो छलफल हुन नपाएको भन्दै सभामुख सापकोटाले देशमा कानुनको सर्वोच्चता नमा

सभामुख संविधानविद् र शीर्ष नेतासँगको सघन छलफलमा

पछिल्लो राजनीतिक घटनाक्रमबारे सभामुख अग्निप्रसाद सापकोटाले सघन छलफल सुरु गरेका छन् । विभिन्न राजनीति दलका शीर्ष नेता र संविधानविद्सँग सभामुख सापकोटाले सघन छलफलमा जुटेको सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए । ‘विकसित राजनीतिक घटनाक्रम र निकासबारे सभामुख ज्यु सरोकारवालाहरुसँग सघन छलफलमा जुट्नुभएको छ,’ सापकोटाले भने, ‘छलफलपछि सायद उहाँको धारणा पनि आजै सार्वजनिक हुनेछ ।’ ।अल्पमतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गएराति राष्ट्रपति विद्य

सर्वदलीय बैठकको संकेत : केन्द्रको राजनीति अब एमसीसी वरपर घुम्ने !

काठमाडौं। नेपाली कांग्रेसले एमसीसीलाई छलफलका लागि संसदमा ल्याउन दिएको सुझावले केन्द्रको राजनीति अब एमसीसी वरपर घुम्ने संकेत देखिएको छ।सभामुख अग्निप्रसाद सापकोटाले आफूसमक्ष थन्काएर राखेको एमसीसीलाई संसदमा ल्याउन नचाहेको बेला कांग्रेसले प्रधानमन्त्रीलाई यस्तो आग्रह गरेको हो। नेकपा एमालेले पनि एमसीसीबारे बहसका लागि संसदमा ल्याउनुपर्ने माग गर्दै आएको छ। कांग्रेस नेतृत्वकै सरकारका बेलामा एमसीसी सम्झौता भएको थियो।