विद्यार्थीलाई परीक्षा नै नलिई पास गराएको आरोपमा मध्यपश्चिम विश्वविद्यालयका उप-प्राध्यापक बर्खास्त

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालय इन्जिनियरिङ तर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक विश्वनाथ यादवलाई विश्वविद्यालयले बर्खास्त गरेको छ।आज विश्वविद्यालयले कानून संकायमा अनियमितता तथा कारवाही सम्बन्धी भर्चुअल मार्फत पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले बर्खास्त गरिएको बताए । उपकुलपति सिंहले भने, ‘अक्षम्य शैक्षिक अपराध भएकाले कार्यक्रम निर्देशक तथा स्थायी उप-प्राध्यापकबाट बर्खास्त हुने गरी विश्वनाथ यादवको नाममा पत्र काटेर दिइएको छ। प्रयोगात्मक कक्षा न