माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो बैठक सोमबार बस्यो । बुधबारदेखि बस्ने केन्द्रीय कमिटीको बैठकले स्थानीय चुनावको रणनीति बनाउने पार्टीको तयारी छ । खासगरी दलहरूको ध्यान देशका ६ वटा महानगर र ११ वटा उपमहानगरतर्फ केन्द्रित देखिन्छ । देशभरिका ६ महानगरमध्ये विराटनगर महानगरपालिका काठमाडौँपछिको दोस्रो चर्चाको सहर हो । मुलुकको आर्थिक केन्द्रसमेत रहेकाले यहाँको मेयर पदमा ठूला नेताहरूको आकर्षण देखिन थालेको छ । काठमाडौँ महानगरपालिकामा नेपाली काँग्रेसका केन्द्रीय नेता भीमसेनद