विराटनगर। प्रदेश १ को प्रदेशसभामा विपक्षी दलले अवरोध गरेपछि बैठक स्थगित भयो । मुख्यमन्त्री शेरधनर राईले संसदमा जवाफ दिने तयारी रहेपनि संसद अवरोध गरेर बोल्न नदिएपछि बैठक स्थगित भएको हो । सामाजिक विकास मन्त्री उषाकला राइले भनिन्, “मुख्य मन्त्री सभामा उठेका विषयमा जवाफ दिन तयारीका साथ जानुभएको थियो । बोल्न दिईएन । अनि बैठक स्थगित भयो ।”