बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । सोमबार दिउँसो ४ बजे र ६ मिनेटमा सुरु भएको बैठकमा उनलाई सभामुख सानुकुमार श्रेष्ठले विश्वासको मतसम्बन्धी प्रस्ताव मन्तव्यसहित पेस गर्न अनुमति दिएका हुन् ।संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका पाण्डेले संविधानअनुसार नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोही बाध्यात्मक परिस्थितिका कारण मुख्यमन्त्री पाण्डेले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका