विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतका लागि आज (आइतबार) प्रदेशसभामा प्रस्ताव दर्ता गरेका छन्।दुई दिनअघि विश्वासको मतसम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान भएका कारण मुख्यमन्त्रीले स्वकीय सचिव सन्दिप राईमार्फत आज प्रस्ताव दर्ता गराएका हुन्।मंगलबार दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन आज प्रस्ताव दर्ता गरीएको मुख्यमन्त्री राईका स्वकीय सचिव राईले जानकारी दिए।गत कात्तिक १६ गते पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा