नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेलले बागमती प्रदेशको आगामी सरकारको नेतृत्व गर्नेगरी नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई गठबन्धनका तर्फबाट प्रस्ताव गरेको बताएका छन् ।प्रदेशसभामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा बिहीबार भाग लिँदै उनले मुख्यमन्त्री शाक्यलाई मार्ग प्रशस्त गर्न आग्रहसमेत गरे । आफूहरुसँग धेरै अघि प्रदेशसभामा बहुमत जुटे पनि भर्खरै सत्ता सम्हालेका कारण मुख्यमन्त्री शाक्यप्रति सहानुभूति राख्दै