पार्टी विवाद समाधानको प्रयास स्वरुप नेकपा एमालेका दोस्रो तहका प्रभावशाली नेताहरूबीच कार्यदलले दिएको १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्ने सहमति भएको छ ।
पार्टी विवाद मिलाउन गठन भएको कार्यदलका सदस्यहरूबीच शनिवार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल भएको थियो ।
शुक्रवार बसेको स्थायी कमिटी बैठकले कार्यदलले असार २७ गते गरेको सहमतिको दस्तावेजलाई अनुमोदन गर्दै कार्यदल भंग गरेको थियो ।
सोही कार्यदलका सदस्यहरूबीच १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने सहमति भएको हो ।...