सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगले खाने तेलको मूल्य बढाएका छन् । दुुई दिनयता प्रति लिटर २० देखि ३० रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । शुक्रबारसम्म १० लिटरको तोरी तेल कार्टुनलाई मिलमा २ हजार ८ सय ४० रुपैयाँमा पाइन्थ्यो । आइतबारदेखि कार्टुनको ३ हजार १ सय पर्न थालेको हाेलसेल बिक्रेता बताउँछन् ।