अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्दा नेपालमा खाने तेलको मूल्य बढेको उद्योगीहरुले बताएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको छलफलमा खाने तेल उद्योगीहरुले यस्तो बताएका हुन् । विभागले पछिल्लो समय नेपालमा खाने तेलको मूल्यमा अचाक्ली बृद्धि भएपछि यो सम्बन्धमा बुझ्न उद्योगीहरुलाई बोलाएको थियो । सोही कार्यक्रममा अन्तर्राष्ट्रिय बजारमै खाने तेलको कच्चा पदार्थको मूल्य बढेको उद्योगीहरुको भनाई छ ।यसका साथै, कोभिड–१९ महामारीका कारण ढुवानीको लागत बढ्दा समेत तेलको मूल्य