रूस–युक्रेन युद्धले खाने तेलको मूल्य बढ्यो

काठमाडौं : रूस र युक्रेनबीचको युद्धले नेपालमा खाने तेलको मूल्य ह्वात्तै बढेको छ।स्थानीय बजारमा विशेष गरेर सनफ्लावर (सूर्यमुखी) र सोयाबिन (भटमास) तेलको मूल्य पछिल्लो एक सातामा ह्वात्तै बढेको हो। अन्तरराष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेकाले तेल उद्योगीले मूल्य बढाएका हुन्।नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले अहिले युद्धको असरले खाने तेलको कच्चा पदार्थका आपूर्तिमा अवरोध हुँदा अभाव भएकाले मूल्य बढेको बताए। उनले दैनिक रूपमा प्रयोग हु

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय बजारमा बढेपछि यहाँ पनि खाने तेलको मूल्य बढ्यो : उद्योगी

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्दा नेपालमा खाने तेलको मूल्य बढेको उद्योगीहरुले बताएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको छलफलमा खाने तेल उद्योगीहरुले यस्तो बताएका हुन् । विभागले पछिल्लो समय नेपालमा खाने तेलको मूल्यमा अचाक्ली बृद्धि भएपछि यो सम्बन्धमा बुझ्न उद्योगीहरुलाई बोलाएको थियो । सोही कार्यक्रममा अन्तर्राष्ट्रिय बजारमै खाने तेलको कच्चा पदार्थको मूल्य बढेको उद्योगीहरुको भनाई छ ।यसका साथै, कोभिड–१९ महामारीका कारण ढुवानीको लागत बढ्दा समेत तेलको मूल्य

अन्तर्राष्ट्रिय बजारको प्रभावले खाने तेलको मूल्य बढ्यो

पछिल्लो समय तोरीको खाने तेलको मूल्य उच्च रुपमा बढेको छ । गत वर्षको तुलनामा यस वर्ष लिटरमा नै रु ५० भन्दा बढी मूल्य बढेको छ । अन्य खाद्यान्नको तुलनामा खाने तेलको मूल्यमा वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले तेल उद्योगमा नै पुगेर अनुगमनसमेत गरेको थियो । उपभोक्ताको गुनासोका आधारमा अनुगमन गरेर विभागले तेलको मूल्य बढ्नुको कारण जानकारी गराउन नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घलाई निर्देशन दिएको थियो । विभागको निर्देशनपछि खाने तेल उत्पादकहरुको छाता सङ्गठनको रुपमा रहेको सङ