घट्यो खाने तेलको मूल्य

खाने तेलको मूल्य घट्यो भनेर सञ्चारमाध्यममा समाचार आउने गरे पनि आमउपभोक्ताले मूल्य घटेको महसुस गर्न पाएका छैनन् । खाने तेल उत्पादकले प्रतिलिटर ५० रुपियाँसम्म घटेको बताए पनि खुद्रा बिक्रेता र उपभोक्ताले भने १५–२० रुपियाँसम्म घटेको बताउँछन् । नेपाल वनस्पति घिउ, तेल उत्पादक सङ्घले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट तथा सरकारले भन्सार महसुल घटाएका कारण खाने तेलको मूल्य घटेको जनाएको छ ।

सम्बन्धित सामग्री

घट्यो सहुलियत पसलमा तेल र दालको मूल्य

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सहुलियत पसलमा खाने तेल र दालको मूल्य घटाएको छ । दसैँ लक्षित सहुलियत पसलमा बजारमा भन्दा महँगोमा खाने तेल र दाल बिक्री गरेको समाचार सार्वजनिक भएपछि कम्पनीले प्रतिलिटर १० रुपैयाँका दरले खाने तेलको मूल्य घटाउने निर्णय गरेको हो । तोरी, सूर्यमुखी र भटमासको तेलको मूल्य लिटरमा […]

खाने तेल र फलामे डन्डीको मूल्य घट्यो

केही दिनयता खाने तेलको मूल्य प्रतिलिटर १० देखि ३० रुपियाँसम्म सस्तिएको छ । युक्रेन र रुसबीचको युद्धका कारण उच्चदरमा बढेको खाने तेलको भाउ तीन दिनयता घट्न थालेको हो ।