तरकारीको मूल्य वृद्धि, उपभोक्ता मारमा

सुदूरपश्चिम– पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पुर्‍याएको छ । मूल्य वृद्धिसँगै कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारलाई साँझ बिहान पकाएर खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको छ । खाने तेलको मूल्य महिनैपिच्छे वृद्धि भइरहेको छ । […]

सम्बन्धित सामग्री

तरकारीको मूल्य बढ्यो

तीजको मुखमा दैनिक उपभोग्य तरकारीको भाउ महँगिएको छ । तीजमा ताजा हरियो तरकारीको माग बढेको तर उत्पादन घटेकाले तरकारीको मूल्य वृद्धि भएको हो । गत सातासम्म प्रतिकेजी ७०–७५ रुपियाँ थोक र ९० रुपियाँ खुुद्रा मूल्य रहेको स्थानीय काउली तीजसम्म आइपुुग्दा थोकमा १३० रुपियाँ र खुद्रामा दोब्बरभन्दा बढीले महँगिएको छ । देशकै ठूलो तरकारी बजार कालीमाटीमा थोकमा प्रतिकेजी स्थानीय काउली १२० रुपियाँसम्म कारोबार भएको छ भने त्यही बजारमा खुद्रामा १८० रुपियाँ प्रतिकेजीमा किनबेच भइरहेको छ । सो बजारमा एक साताअघि स्थानीय काँक्रो प्रतिकेजी ७०–७५ रुपियाँमा बिक्री भएकामा अहिले बढेर थोकमै १४० रुपियाँ पुगेको छ । खुद्रामा त प्रतिकेजी दुई सय रुपियाँ पुगेको छ । चाडपर्वमा बढी माग हुने काउली, च्याउ, तामा, गाँजर, घिउ सिमी, काँक्रोलगायतका तरकारीको मूल्य वृद्धि भएको छ । उत्पादन स्थलमै महँगो भएकाले काठमाडौँसम्म आइपुग्दा यसको मूल्य अझै बढेको व्यापारी बताउँछन् ।

तरकारीको मूल्य वृद्धि, उपभोक्ता मारमा

सुदूरपश्चिम । पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पुर्याएको छ । मूल्य वृद्धिसँगै कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारलाई साँझ बिहान पकाएर खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको छ । खाने तेलको...

तरकारीको मूल्य वृद्धिले उपभोक्ता मारमा

पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन्। मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पुर्‍याएको छ।...

सुदूरपश्चिममा तरकारीको मूल्य वृद्धि, उपभोक्ता मारमा

१८ असार, सुदूरपश्चिम । पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पुर्‍याएको छ । मूल्य वृद्धिसँगै कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारलाई साँझ बिहान पकाएर खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको छ । खाने तेलको मूल्य महिनैपिच्छे वृद्धि भइरहेको […]

यस्तो छ आजको फलफूल र तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार शनिबारको तुलनामा आइतबार कुनै फलफूल तथा तरकारीको मूल्य वृद्धि भएको छ भने कुनैमा मूल्य स्थिर छ । यो थोक मूल्य हो, बजारमा खुद्रा भाउ भने यो भन्दा बढी हुने गर्छ । समितिकाअनुसार आज आइतबार ठूलो गोलभेडाको […]

नेपालको आर्थिक सूचक झनै नकारात्मक दिशामा, मूल्य वृद्धि ७ दशमलव १४ प्रतिशत

काठमाण्डाै – नेपालमा अर्थतन्त्रका सूचकहरू झनै नकारात्मक बनेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गएको साउनदेखि फागुनसम्मको विवरणअनुसार मूल्य वृद्धि सात दशमलव १४ प्रतिशत पुगेको छ । सबैभन्दा धेरै घिउ–तेलको मूल्य २६ दशमलव ३४ प्रतिशत, तरकारीको मूल्य १४ प्रतिशत, दूध र अण्डाको मूल्य ११ दशमलव तीन प्रतिशत तथा दाल र गेडागुडीको मूल्य १० दशमलव तीन प्रतिशतले बढेको छ ।  राष्ट्र बैंकले यो वर्ष मूल्य वृद्धिलाई ६ प्रतिशतको सीमामा राख्ने लक्ष्य राखेको थियो । अरू प्रायः सबै सूचकहरू पनि नकारात्मक बनेका छन् । राष्ट्र ब...

तरकारीमा जथाभावी मूल्यवृद्धि

चाडपर्वको मौका छोप्दै जिल्लाका व्यापारीले तरकारीको जथाभाबी मूल्य वृद्धि गरेका छन् । तरकारीको मूल्य झन्डै दुई गुणा बढाएपछि उपभोक्ताहरू महँगीको मार थेग्न बाध्य छन् ।

तरकारीको मूल्य अस्वभाविक रुपमा बढ्दा उपभोक्ता मर्कामा

कात्तिक १५, कञ्चनपुर । चाडपर्वकै मुखमै जिल्लामा तरकारीको मूल्य अस्वभाविक रुपमा बढेको छ ।  निरन्तरको वर्षापछि तरकारीको मूल्य दोब्बरदेखि तेब्बरले बढेको छ । तरकारीको मूल्य एक साताको अवधिमै २० देखि ८० प्रतिशतले बढेको छ ।  मूल्य बढेसँगै उपभोक्ता मार्कामा परेका छन । सबैभन्दा बढी दैनिक मजदूरी गरेर जीविका चलाउने वर्ग बढी मारमा परेको छ । बाढीका कारण किसानले लगाएको तरकारी बगाएको र डुबान पारेर नोक्सानी गरेका कारण तरकारीको मूल्यमा वृद्धि भएको व्यवसायीको भनाइ रहेको छ । ‘वर्षाको पानीले निम्त्याएको विनाशका कारण तरकारी बजारसम्म पुग्न सकेकोे छैन’, मण्डी व्यवसायी संघका अध्यक्ष विसाल सोनारले भने, ‘किसानको खेतबारीमा वर्षाले केही बाँकी राखेन, तरकारीको अभाव भएसँगै मूल्य अकासिएको छ, माग धेरै छ, आपूर्ति थोरै छ, त्यसैले मूल्य वृद्धि भएको छ ।’ तरकारीको स्थानीय उत्पादन पर्याप्त हुँदा मूल्य थोरै हुने गरेको थियो । ९० प्रतिशत तरकारी वर्षाले वर्वाद पारेपछि उपभोक्ताको माग धान्नै गाह्रो रहेको उनले बताए । ‘केही तरकारी पहाडी जिल्लाबाट निर्यात भएर आउँथ्यो, केही स्थानीय उत्पादन हुन्थ्यो र केही तरकारी भारतबाट आउने गरेको थियो’, उनले भने, ‘त्यसैले मूल्य थोरै हुन्थ्यो, हाल भारतीय तरकारीले मात्रै यहाँको बजार धान्दै आएको छ ।’ उनका अनुसार हाल ८० प्रतिशत तरकारी भारतबाट, १५ प्रतिशत तरकारी पहाडी जिल्लाबाट आयात हुने गरेको छ भने पाँच प्रतिशत तरकारी मात्रै स्थानीय किसानले उत्पादन गरेको बजारमा पुग्ने गरेको छ । विगतका वर्षमा ८० प्रतिशत तरकारी स्थानिय स्तरमा नै उत्पादन हुने गरेको थियो । २० प्रतिशत तरकारी मात्रै बाह्य क्षेत्रबाट आयात हुने गरेको थियो । भन्सार छलेर तरकारी भारतबाट बजारमा आउन थालेकाले मनोमानी रुपमा मूल्यमा वृद्धि गरिँदा तरकारीको मूल्यमा वृद्धि हुनु कारण रहेको बताइएको छ । भारतबाट हाल दैनिक पाँच देखि छ ट्रक बढी तरकारी भारतबाट आयत हुने गरेको छ । बजारमा भित्रिनेमध्ये आधा तरकारी भन्सार छलेर ल्याइने गरिएको छ । पहाडी क्षेत्रबाट आउने गरेको तरकारी बिचौलियाका कारण मूल्य वृद्धि भएको व्यवसायीले नै बताउने गरेका छन् ।  व्यवसायीका अनुसार हाल बजारमा रू. ३० प्रति किलोका दरले विक्री हुने सेतो आलु रू. ५०, रू. ३५ मा विक्री हुने रातो आलु रू. ६०, रू. ६० मा विक्री हुदै आएको पहाडी आलु रू. ८० मा खुद्रा मूल्यमा विक्री भइरहेको छ । यसैगरी, रू. ८० मा विक्री हुँदै आएको प्याज रू. १०० देखि रु १२०, गोलभेँडा ठूलो रू. ८० बाट रू. १२०, फर्सि रू. ६० बाट रु १००, लौका रू. ५० बाट रू. ९०, बोडी रू. ६० बाट रू. १२०, काउली रू. ६० बाट रू. ९० प्रति किलोका दरले विक्री भइरहेको छ ।  भान्टा रू. ६० बाट रू. १२०, मिसला मिर्च रू. १२० बाट रू. २००, काँक्रा रू. ६० बाट रू. १०० र हरियो साग रू. ५० बाट रू. १२० प्रति किलोका दरले विक्री भइरहेको छ । सिमी रू. ८० बाट रु १६०, तिते करेला रू. ६० बाट रू. १४०, खुर्सानी रू. ८० बाट रु १३० प्रति किलोका दरले खुद्रा मूल्यमा विक्री भइरहेको छ । व्यापारीले तरकारीमा प्रति किलोमा १० देखि २० प्रतिशतसम्म नाफा राखेर बेच्न सक्ने प्रावधान भए पनि ४० देखि ६० प्रतिशतसम्म नाफा राखेर बेच्ने गरेको उपभोक्ताको भनाइ छ ।  चाडपर्वका बेला तरकारीको मूल्य आकासिएको भएपनि स्थानीय प्रशासनले भने तरकारी बजारको हालसम्म अनुगमन नगर्दासमेत तरकारीको मूल्य अकासिएको बताइएको छ । रासस

तरकारीको मूल्य महँगियो

दुई सातायता हरियो तरकारीको मूल्य झन्डै दोब्बरले वृद्धि भएको छ । वर्षातको समयमा कम उत्पादन भई लागत महँगो परेकाले मूल्य वृद्धि भएको हो । खरिद मूल्य बढेर आएकाले अधिकांश तरकारीको मूल्य बढ्न गएको खुद्रा व्यापारीको भनाइ छ ।