पछिल्लो समय तोरीको खाने तेलको मूल्य उच्च रुपमा बढेको छ । गत वर्षको तुलनामा यस वर्ष लिटरमा नै रु ५० भन्दा बढी मूल्य बढेको छ । अन्य खाद्यान्नको तुलनामा खाने तेलको मूल्यमा वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले तेल उद्योगमा नै पुगेर अनुगमनसमेत गरेको थियो । उपभोक्ताको गुनासोका आधारमा अनुगमन गरेर विभागले तेलको मूल्य बढ्नुको कारण जानकारी गराउन नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घलाई निर्देशन दिएको थियो । विभागको निर्देशनपछि खाने तेल उत्पादकहरुको छाता सङ्गठनको रुपमा रहेको सङ