भोलिदेखि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, हिमाली क्षेत्रमा पर्सिदेखि हिमपात

काठमाण्डौ – केही दिनदेखि देशका धेरै ठाउँको मौसम सफा रहे पनि भोलिदेखि भने पानी पर्ने भएको छ । देशका धेरै ठाउँमा भोलिदेखि पानी पर्ने र पर्सिदेखि हिमाली क्षेत्रमा हिमपात सुरु हुने मौसमविद्ले बताएका छन् । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार बारीमा फलेका अन्नबाली भित्र्याउने र पर्यटक हिमाली क्षेत्रमा ट्रेकिङ्ग गर्न मन ...

सम्बन्धित सामग्री

हिउँद नसकिँदै गर्मी बढ्यो,  यो हिउँदमा पानी पर्ने सम्भावना टर्दै

काठमाण्डाै - यसपालि हिउँद नसकिँदै गर्मी बढेको छ । यसपालिको हिउँदमा हिमपात र वर्षा नहुँदा गर्मी बढेको हो । पश्चिमी क्षेत्रमा हल्का वर्षा र हिमपात भए पनि अन्य क्षेत्रमा खासै पानी पर्न सकेको छैन । पानी नपर्दा माघ महिनादेखि नै तापक्रम बढ्न थालेको थियो  । हिउँदयाम सकिन अब १० दिन बाँकी छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई हिउँदयाम मानिन्छ । आज फेब्रुअरी १९ तारिख हो । हिउँदयामको अन्तिमतिर आइपुग्दा समेत पानी पर्न सकेको छैन । बाँकी १० दिनमा पनि पानी पर्ने खासै सम्भावना नदेखिएको मौसमविद् मञ्जु बासीले जानकारी...

तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

काठमाण्डाै - देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले गरेको तीन दिनको पूर्वानुमान अनुसार सोमवारसम्म पानी पर्ने सम्भावना छैन । तर हिमाली केही ठाउँमा हिमपात हुन सक्ने सम्भावना छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार अहिले पानी नै पर्ने गरी कुनै पनि उल्लेखनीय मौसम प्रणाली छैन । प्रदेश एक, बाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली छ । आज प्रदेश एक र गण्डकीका हिमाली क्षेत्रका केही ठाउँमा हिमपातकाे सम्भावना रहेकाे छ ।  तराई...

आज पनि पश्चिम नेपालमा पानी पर्ने, भोलिदेखि मौसम सफा हुने

११ माघ, काठमाडौं । आज पनि देशका केही ठाउँमा वर्षा र हिमपात हुने भएको छ । पश्चिमी न्यून चापीय प्रभावका कारण मौसम बदली भएकोले पानी पर्ने सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार र शुक्रबार भने आंशिकदेखि समान्यत बदली भए […]

धेरै ठाउँको मौसम धुम्म, बेलुका पानी पर्ने अनुमान

काठमाण्डाै - अहिले देशका धेरैजसो ठाउँको मौसम धुम्मिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको  प्रभावका कारण आज बेलुकीपख धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश-१ का धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो। यस्तै, आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात पनि हुने अनुमान छ। राति पनि यी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने मौसमविद् महर्जनले बताउनुभयो । पश्...

पश्चिमी वायुको प्रभावले तीनवटा प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं : पश्चिमी वायुको प्रभावको कारण अहिले देशका अधिकांश स्थानको मौसम सामान्य बदली भएको छ।  दिउँसो बागमती, गण्डकी र प्रदेश नम्बर एकका केहि स्थानमा पानी पर्ने संभावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  यी तीनै प्रदेशका पहाडी तथा उच्च हिमाली भेगमा हिमपात हुने महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान ५ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २२ डिग्री सेल्सियस पुग्ने महाशाखाले अनुमान ग

देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली : काठमाण्डौमा फाट्टफुट्ट पानी पर्ने

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ । आज हिमाली जिल्लामा हिमपात र पहाडी केही जिल्लामा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कडेलले बताउनुभयो । उहाँका अनुसार आज दिउँसोपछि काठमाण्डौ उपत्यकामा पनि फाट्टफुट्ट पानी पर्ने सम्भावना पनि छ । पश्चिमी वायुको प्रभावकै कारण देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको मौसमविद् कडेलले बताउनुभयो । पश्चिमी वायुको प्रभावकै कारण तत्काल राम्ररी घाम नलाग्ने पनि मौसमविद्ले बताएका छन् । तर, घाम नलागे पनि धेरै चिसो भने नहुने ...

आउँदाे बुधवारदेखि फेरि पानी पर्ने सम्भावना

काठमाण्डाै – मौसम खुलेसँगै गर्मी बढ्ने अनुमान गरेको भए पनि अर्को वायु नेपाल प्रवेश गर्न लागेकाले फेरि चिसो बढ्ने मौसमविद्ले बताएका छन् ।  ग​​एकाे शुक्रवार र शनिवार देशका सबैजसो हिमाली क्षेत्रमा हिउँ र अन्य ठाउँमा पानी पारेकाे वायु नेपालबाट बाहिरिएको भए पनि पश्चिमी वायु फेरि नेपाल प्रवेश गर्न लागेकाले चिसो कायमै रहने मौसमविद् सजिना शाक्यले बताउनुभयो ।  मौसमविद् शाक्यका अनुसार आउँदाे बुधवार नेपाल प्रवेश गर्ने पश्चिमी वायुले वर्षा र हिमपात गराउने सम्भावना रहेको छ । झण्डै पाँच महिनापछि गएकाे शुक्रवार ...

हावा मडारिएर चीनतर्फ लागेपछि पानी पर्ने सम्भावना घट्यो

काठमाण्डाै – नेपालमा प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको हावा मडारिएर हिमाली क्षेत्र हुँदै चीनतर्फ लागेपछि नेपालमा ठूलो पानी पर्ने सम्भावना घटेको छ । लामो समयदेखि पानी नपर्दा सुख्खा बढेका बेला पश्चिमी न्यून चापीय प्रणालीले नेपालमा पानी पार्ने आशा बढेको भए पनि हावा चीनतर्फ मडारिएकाले पानी पर्ने सम्भावना कम भएको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । अहिले देशभरको उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि मध्यम खालको हिमपात र काठमाण्डौ उपत्यकासहित पश्चिम पहाडमा सामान्य पानी परेको छ । हावा...