पश्चिमी वायुको प्रभाव - देशका धेरै ठाउँको मौसम बदली, हिमपात र वर्षा हुने मौसमविद्को अनुमान

काठमाण्डाै – पश्चिमी वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बदली भएको छ ।हिमाली र केही उच्च पहाडी क्षेत्रमा हिमपात भएको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार (आज) कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना छ ।काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वी क्षेत्रको मौसम बदली भए पनि आज पानी पर्ने सम्भावना नरहेको माैसमविद् श्रेष्ठले बताउनुभयो । पश्चिमी वायुको प्रभावकै कारण अब जाडो झन् बढ्ने मौसमविद्काे अनुमान छ ।यो प्रणालीका कारण मङ्गलबार (पर्सि) सम्म नै देशका धे...

सम्बन्धित सामग्री

देशभर पश्चिमी वायुको प्रभाव पहाडी भेगमा पानी पर्ने

हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

केही दिनभित्रमा नेपालमा मनसुन भित्रिन्छ : मौसमविद्

जेठ २७, काठमाडौं । नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले बताएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनले केही वर्षा बढ्न थालेको र आगामी हप्ताबाट भने ठाउँठाउँमा भारी वर्षासमेत हुने जानकारी दिए ।      उनका अनुसार पश्चिमी वायुको प्रभाव रहेकाले मनसुन राम्ररी फैलिसकेको छैन । मौसमविद् गङ्गा नगरकोटीका अनुसार हाल देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव कायम रहेको छ । त्यसले वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश नं १ का केही भेगमा वर्षा जारी छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पनि वर्षा भएको छ । बिहीवार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रवार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको हुनेछ ।            सामान्यरूपमा विगत १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो । यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ अर्थात् आगामी आइतवार हो । अक्टोबर २ मा बाहिरिने छ । सरदर वर्षाको आँकडा विष्लेषण गरेर मनसुनको मिति तय गरिने भए पनि कहिलेकाहीं दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने हुनसक्छ । रासस

काठमाण्डौमा हल्का  वर्षा, राति पनि पानी पर्ने

काठमाण्डाै - प्रदेश-२ बाहेक अहिले देशका धेरैजसो ठाउँमा मौसम बद्ली भएको छ । भारतको बिहार र पश्चिम बङ्गालमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायु र प्रि-मनसुनको गतिविधिका कारण देशका विभिन्न ठाउँमा बिहानैदेखि पानी परिरहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । अहिले पश्चिमी वायुको प्रभाव काठमाण्डौ उपत्यकासहित गण्डकी, लुम्बिनी प्रदेशमा परेको छ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले काठमाण्डौ उपत्यकासहित केही ठाउँमा हल्का पानी परेको छ । बिहान प्रदेश-१, २ र सुदूरपश्चिममा पानी परिरहेको थियो । अहिले कर्णाली,...