हिउँद नसकिँदै गर्मी बढ्यो,  यो हिउँदमा पानी पर्ने सम्भावना टर्दै

काठमाण्डाै - यसपालि हिउँद नसकिँदै गर्मी बढेको छ । यसपालिको हिउँदमा हिमपात र वर्षा नहुँदा गर्मी बढेको हो । पश्चिमी क्षेत्रमा हल्का वर्षा र हिमपात भए पनि अन्य क्षेत्रमा खासै पानी पर्न सकेको छैन । पानी नपर्दा माघ महिनादेखि नै तापक्रम बढ्न थालेको थियो  । हिउँदयाम सकिन अब १० दिन बाँकी छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई हिउँदयाम मानिन्छ । आज फेब्रुअरी १९ तारिख हो । हिउँदयामको अन्तिमतिर आइपुग्दा समेत पानी पर्न सकेको छैन । बाँकी १० दिनमा पनि पानी पर्ने खासै सम्भावना नदेखिएको मौसमविद् मञ्जु बासीले जानकारी...

सम्बन्धित सामग्री

आज पनि बिहानैदेखि चर्को घाम, पानी नपर्दा गर्मी बढ्यो

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशभर गर्मी बढेको छ । पानी नपर्दा गर्मी बढेको हो । अझै एक/दुई दिन पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्न सक्ने मौसमविद्ले बताएका छन् । काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्केको छ । दिउँसोको समयमा हिजोको जस्तै अझै गर्मी बढ्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । हिजो काठमाण्डौको अधिकतम तापक्रम ३० दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै, धनगढीको अधिकतम तापक्रम ३५ दशमलव ६ डिग्री सेल्सियस, भैरहवा, नेपालगञ्ज र दीपायलको अधिकतम तापक्रम ३४ दशमल...

केही दिन पानी नपर्ने : मौसम खुल्न थालेसँगै गर्मी बढ्यो

काठमाण्डाै - अबका केही दिन पानी नपर्ने मौसमविद्ले बताएका छन् । पानी नपर्दा न्यूनतम र अधिकतम तापक्रम बढेको छ । यो हप्ता केही दिन मौसम धुम्मिएर हिजोदेखि खुलेको छ । मौसम खुलेर बिहानदेखि घाम चर्कन थालेपछि दिउँसो गर्मी निक्कै बढ्न थालेको छ । हिजो भैरहवाको तापक्रम ४०  दशमलव ७ डिग्री सेल्सियससम्म पुगेको थियो । यस्तै, धनगढीको ३९ डिग्री सेल्सियस, सिमरा र विराटनगरको ३८ दशमलव ५, घोराहीको ३५ दशमलव ५, र काठमाण्डौको तापक्रम ३२ डिग्री सेल्सियससम्म पुगेको छ । अझै केही दिन राम्ररी पानी पर्ने सम्भावना नभएकाले देशभरको...

गर्मी बढ्यो : धरानको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा धेरै

काठमाण्डाै - अस्तिको तुलनामा हिजो देशका धेरै ठाउँमा गर्मी बढेको छ । काठमाण्डौको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस नाघेको छ । यसअघि अस्ति २९ दशमलव ४ डिग्री सेल्सियस थियो । काठमाण्डौसहित देशका धेरै ठाउँको अधिकतम तापक्रम हिजो ३० डिग्री सेल्सियस नाघेको हो । तत्काल केही दिन पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँकाअनुसार प्रि-मनसुनको तीन महिना मार्च, अप्रिल र मे महिनामा गर्मी धेरै नै हुन्छ । यसपालि प्रि-मनसुन सुरु भइसकेपछि पानी नपरेकाले पनि छिट्टै गर्मी बढेको छ । प्रि-मन...