पश्चिमी वायुको प्रभावले तीनवटा प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं : पश्चिमी वायुको प्रभावको कारण अहिले देशका अधिकांश स्थानको मौसम सामान्य बदली भएको छ।  दिउँसो बागमती, गण्डकी र प्रदेश नम्बर एकका केहि स्थानमा पानी पर्ने संभावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  यी तीनै प्रदेशका पहाडी तथा उच्च हिमाली भेगमा हिमपात हुने महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान ५ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २२ डिग्री सेल्सियस पुग्ने महाशाखाले अनुमान ग

सम्बन्धित सामग्री

आज बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

काठमाण्डाै - आज पनि बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले भने देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली छ । दिउँसोसम्म पानी नपर्ने तर त्यसपछि भने पहाडी जिल्लासहित मधेस प्रदेशका केही ठाउँमा समेत पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभएको छ । अहिले नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिमी बङ्गाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । प्रिमनसुनका गतिविधि सक्रिय रहेकाले अबको केही दिन मौसम...

आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाण्डाै - आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पश्चिमी क्षेत्रमा र राति मध्य क्षेत्र तथा पहाडी भू–भागमा मेघगर्जन, चट्याङ्गसहित हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । दिउँसो प्रदेश-१, वाग्मती, गण्डकी, मधेस र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । अहिले नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव ...

आज रातिको मौसम : केही स्थानमा वर्षा, भोलि पनि पानी पर्ने सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य वदली रही देशका तराई भूभागमा आंशिक वदली रहेको मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशका प्रदेश १, बागमती, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही […] The post आज रातिको मौसम : केही स्थानमा वर्षा, भोलि पनि पानी पर्ने सम्भावना appeared first on राजधानी राष्ट्रिय दैनिक.

बुधवारदेखि माैसम बदली भएर पानी पर्ने सम्भावना

काठमाण्डाै – आउँदाे बुधवारदेखि देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।पश्चिमी वायु सक्रिय हुने भएकाले पर्सि २१ गते बुधवार बेलुकादेखि शुक्रवारसम्म देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । पश्चिमी वायुको असर शुक्रवारपछि पनि रहन्छ वा रहँदैन भन्ने कुरा भने कत्तिको सक्रिय हुन्छ भन्नेमा भर पर्ने उहाँले बताउनुभयो ।शुक्रवार सुदुरपश्चिम क्षेत्रबाट पश्चिमी वायुको प्रभाव देखिन थाल्ने भएकाले सुदूरपश्चिममा आउने बुधवार अलि धेरै पानी पर्ने स...

बुधवारसम्म नै धेरै ठाउँमा पानी पर्ने

काठमाण्डाै – हिजाे शनिवार रातिदेखि देशका धेरै ठाउँमा मौसम बदली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । भारतको ओडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेकाले मौसम बदली र पानी पर्न सुरु भएको हो । आउँदो बुधवारसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलाे पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वका केही ठाउँमा हिजो शनिवार ठूलो पानी परेकोमा आज आइतवार मध्य क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ । सुदूरपश्चिम प्रदेशमा भने भोलि साेमवार ठूलो पानी पर्ने ...

स्थानीय र पश्चिमी वायुको प्रभाव‚ केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौं : स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण आज दिउँसो विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको छ। अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २९ डिग्र

आज पूर्व र मध्य क्षेत्रमा पानी पर्ने सम्भावना, भोलिदेखि मौसम सुधार हुने

काठमाण्डाै - आज पूर्व र मध्य क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव पश्चिमबाट पूर्वमा सरेकाले आज प्रदेश नम्बर १, २ र वाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । उहाँकाअनुसार काठमाण्डौ उपत्यकामा दिउँसोपछि हल्का पानी पर्ने छ भने अरु पहाडी भेगमा सामान्य बद्ली मात्रै हुनेछ ।  हिजो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भेगमा हिमपातसँगै वर्षा भएको थियो । दिपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपालग...

पश्चिमी वायुको प्रभाव देखिए पनि पानी पर्ने सम्भावना कम

काठमाण्डाै – नेपालमा पश्चिमी वायुको प्रभाव देखिए पनि पानी पर्ने सम्भावना भने कम देखिएको मौसमविद्ले बताएका छन् । मौसममा केही बदली र पश्चिम वायु भित्रिएकोले पानी पर्ने आशा बढेको भए पनि यस पटकको पश्चिमी वायुले पानी पार्ने सम्भावना निकै कम रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । हिमाली क्षेत्रमा सामान्य हिमपात र...