काठमाण्डाै – मौसम खुलेसँगै गर्मी बढ्ने अनुमान गरेको भए पनि अर्को वायु नेपाल प्रवेश गर्न लागेकाले फेरि चिसो बढ्ने मौसमविद्ले बताएका छन् ।
गएकाे शुक्रवार र शनिवार देशका सबैजसो हिमाली क्षेत्रमा हिउँ र अन्य ठाउँमा पानी पारेकाे वायु नेपालबाट बाहिरिएको भए पनि पश्चिमी वायु फेरि नेपाल प्रवेश गर्न लागेकाले चिसो कायमै रहने मौसमविद् सजिना शाक्यले बताउनुभयो ।
मौसमविद् शाक्यका अनुसार आउँदाे बुधवार नेपाल प्रवेश गर्ने पश्चिमी वायुले वर्षा र हिमपात गराउने सम्भावना रहेको छ । झण्डै पाँच महिनापछि गएकाे शुक्रवार ...