देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली : काठमाण्डौमा फाट्टफुट्ट पानी पर्ने

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ । आज हिमाली जिल्लामा हिमपात र पहाडी केही जिल्लामा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कडेलले बताउनुभयो । उहाँका अनुसार आज दिउँसोपछि काठमाण्डौ उपत्यकामा पनि फाट्टफुट्ट पानी पर्ने सम्भावना पनि छ । पश्चिमी वायुको प्रभावकै कारण देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको मौसमविद् कडेलले बताउनुभयो । पश्चिमी वायुको प्रभावकै कारण तत्काल राम्ररी घाम नलाग्ने पनि मौसमविद्ले बताएका छन् । तर, घाम नलागे पनि धेरै चिसो भने नहुने ...