चीनमा पछिल्लो समय सेलिब्रेटीहरूको मृत्युको खबर बाहिरिएसँगै सर्वसाधारणमा कोभिडको त्रास बढेको जनाइएको छ । चीनकी चर्चित गायिका चु लानलानको डिसेम्बर अन्त्यमा ४० वर्षको उमेरमा मृत्यु भएको खबर बाहिरिएपछि अधिकांश आश्चर्यमा परेका थिए । सर्वसाधारणहरूले उनको निकै कम उमेरमा मृत्यु भएको र त्यसको कारण सम्भावित कोभिड संक्रमण हुन सक्ने आकलन गरेका जनाइएको छ ।