मुगु, (नेस)। अगेनामा आगो बलिरहेको छ, ओदानमाथि एउटा ताप्केमा पीठो र केही चामलका मुठी फतफत पाकिरहेको आवाज आइरहेको छ। चुलोको दायाँपट्टी दुई छोरी एक छोरा आगोमा हात फिजाएर आगो तापिरहेका छन्। एक अधवैंशे महिला भित्र–बाहिर गर्दै केही खोजिरहेकी छन्। चुलोको पूर्वपट्टी भुइँमा एक थान कपडा ओछ्याइएको छ, त्यसमाथि एउटा महिलाको पातलो सल ओडेर गोडामाथि हात […]