बर्दिया : २५ वर्षदेखि शिक्षण गर्दै आएका शिक्षक अग्रबहादुर शाही ब्रेन ट्यूमरबाट थलिएको १ वर्ष नाघ्यो। उनी अहिले जीवनमरणको दोसाँधमा छन्। तर, आर्थिक अभावले उनको उपचार हुन सकेको छैन। शिक्षक शाहीले शिक्षण पेशामा आबद्ध भएपछि झण्डै ८ वर्ष बर्दियाको ठाकुरबाबा नगरपालिकाको त्रिभुवन माविमा योगदान गरे। ५ वर्ष बर्दियाकै बारबर्दिया-७, रम्भापुरमा नेपाली विषय शिक्षण गरे।अहिले उनी दैलेखको आठबीस नगरपालिका-८ मा रहेको तिलेपाटा क्याम्पस प्रमुख छन्। तर, क्याम्पस प्रमुख शाही थलिएको पनि वर