छाप्रामै थलिए राउटे

–प्रकाश अधिकारीचिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै । ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यतिमात्र छैनन्, उनलाई लामो समयदेखि हाडजोर्नी दुख्ने समस्याले सताएको छ । अरुको साहारा बिना उठबस गर्न सक्दैनन् ।फिरन्ते राउटे समुदाय पहिले डाक्टरी उपचारमा त्यति विश्वास गर्थेनन् तर पछिल्ला केही वर्षयता भने उनीहरुको यो धारणा क्रमशः बदलिएको छ । कर्णबहादुरले पनि शुक्रबार बस्तीमा पुगेको एक सरकारी टोलीसँग उपचारक