हेटौंडा औद्योगिक क्षेत्र देशकै सबैभन्दा ठुलो औद्योगिक क्षेत्र हो । कोभिड–१९ महामारीका कारण देशका अन्य क्षेत्रमा रहेका उद्योगहरुजस्तै हेटौंडा औद्योगिक क्षेत्रका उद्योग पनि नराम्ररी थलिए । कोभिड महामारी विस्तारै कम हुँदै गर्दा कतिपय उद्योग अहिले सरकारी नीति, ऐन–कानुनका कारण थप संकट झेल्न बाध्य भएका छन् ।लगातार ३ वर्षसम्म कोभिड–१९ का कारण उत्पादन नै ठप्प पारेर बसेका उद्योगहरु अहिले ऐन–कानुन, आर्थिक तथा मौद्रिक नीति समयानुकुल हुन नसक्दा थप संकट झेल्नुपरेको उद्योगीहरुको भनाइ छ