बिग्रँदो आर्थिक सन्तुलन तथा व्यावसायिक कठिनाइबीच सरकार र निजी क्षेत्र आरोप प्रत्यारोपमा उत्रिएका छन् । तरलता (लगानी योग्य पुँजी) अभावको समस्या समाधान हुनुको साटो उल्टो झन्–झन् समस्या गहिरिँदै गएपछि निजी क्षेत्र सरकारसँग रुष्ट बन्न पुगेका हुन् । यता सरकारले निजी क्षेत्रलाई दोषी देखाइरहेको छ । मनलाग्दी खर्च गरेर, अनुत्पादक क्षेत्रमा लगानी बढाएर र आयातित वस्तुमा ठुलो धनराशि खर्च गरेर बैङ्कहरूले सङ्कटमा पनि नाफा खोजिरहेको अर्थमन्त्रीको आरोप छ ।‘सङ्कट भनेको सङ्कट नै हो । यस्तोम