मकवानपुरका दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फबाट चुनाव लड्न नेकपा एमालेबाट ८ जनाको नाम सिफारिस भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि शनिबार बसेको एमालेको २ वटै क्षेत्रीय कमिटीको बैठकले ८ जनाको नाम सिफारिस गरेको हो ।एमाले मकवानपुर–१ को क्षेत्रीय समितिको बैठकले ५ जनाको नाम सिफारिस गरेको छ । बैठकले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य मदन कुमार दाहाल,