काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनमा विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौँको मेयर तथा उपमेयर पदका उम्मेदवारहरूको घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा बीच मेयरको उम्मेदवार समीक्षा बाँस्कोटा र उपमेयर कीर्ति तुलाधरले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्। मेयरको उम्मेदवार बाँस्कोटा पार्टीको बागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको सदस्य हुन्। उनी गएको निर्वाचनमा प्रदेश सभातर्फ काठमाडौँ क्षेत्र नं १ ‘क’मा उ