पर्वत : मन्त्रालयको भागबण्डामा सहमति हुन नसकेपछि गण्डकी प्रदेशका नयाँ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र मन्त्री तथा सरकारका प्रवक्ता कुमार खड्का काठमाडौँ गएका छन्।केन्द्रीय नेताहरूलाई भेटेर मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउन र मन्त्रालयको दाबीबाट पछि नहटेका साना दललाई केन्द्रीय नेताहरूबाट ‘कन्भिन्स’ गरेर मन्त्रिमण्डल विस्तार गर्नका लागि उनीहरू मंगलबार काठमाडौँ गएका हुन्। मुख्यमन्त्री र प्रवक्तासहित अन्य केही सांसदहरू पनि आफूलाई मन्त्री बनाइदिन त कोही कसैको समर्थनको लागि प