अमेरिकाले अफगानिस्तानमा राष्ट्रनिर्माणका लागि गरेको खर्च व्यर्थैमा गएको नयाँ प्रतिवेदनले देखाएको छ ।
स्पेसल इन्सपेक्टर जनरल फर अफगानिस्तान रिकन्सट्रक्सन (सिगार) नामक अमेरिकी सरकारी संस्थाको प्रतिवेदनमा अमेरिका कति मूर्खतापूर्ण लगानी गरिरहेको थियो भन्ने पत्ता लाग्छ ।
त्यस बेफ्वाँकको खर्चका केही उदाहरण यसप्रकार छन् :
अमेरिकाले काम नलाग्ने मालवाहक विमानका लागि लगभग ५५ करोड डलर खर्च गरेको थियो ।
पेन्टागनले सन् २००८ मा २० वटा जी२२२ विमान किनेको थियो तर ती भरपर्दा थिएनन् । तिनको स्पेयर पार्ट पाउन गाह्रो ...