लाज गयो कता

आफ्नो मात्रै दाइजो ठान्ने ताज गयो कता सानो भाइले उछिट्याउँदा आज गयो कता।। मौका पर्दा जन्मथात बिर्सि छिनाझपट गर्ने सिकार समाइ एक्लै लुछ्ने बाज गयो कता।। तिनकै थियो हालीमुहाली मिलीभगत समेत जीवनभर लगाए लगानी ब्याज गयो कता।। अरुको नाम साटिसटाइ थिति आउँछ भने घोक्रो फुलाइ ढ्वाङ फुक्दा काज गयो कता।। सेतो पार्थे दौरा सुरुवाल चाल […]

सम्बन्धित सामग्री

सरकारको लाज जोगाइदिने ‘गोरखापत्र’

हिजो त्यत्रो ठूलो घटना भयो राजधानीमा। इपिएस विवादमा झडप हुँदा दुई जना युवकको ज्यान गयो। मन्त्रीको गाडी जलाइयो। शान्तिसुरक्षामा प्रश्न उठ्यो। हुनत हिजै सबैले यो खबर पाइसके। तर यो पक्कै पनि आजको पत्रिकामा फ्रन्ट पेजकै समाचार थियो। तर यस्तो समाचार आयो भने त सरकारलाई ‘लाज’ हुन्छ। त्यसैले सरकारको लाज जोगाइदिन अग्रसर भएछ सरकारी मुखपत्र ‘गोरखापत्र’… Continue reading

प्रमुख अतिथिको खोजी

हिजो सहर गुल्जार थियो, भीडभाड, ठेलमठेल, मोलमोलाइ थियो । तर, अहिले सटरहरूमा ताला छन्, होटलहरूका कोठाहरू खाली खाली छन् । तर होटल तथा पार्टी प्यालेसका हलहरू भने भरिभराउ छन् । त्यहाँ धमाधम कार्यक्रमहरू भइरहेका छन् । यसको मतलब देशमा केही न केही अभियान चलेकै छ । जति युवाहरूले देश छाडे, गाउँ रित्तियो, त्यति नै शहर र गाउँमा प्रमुख अतिथि बन्ने र बनाउने लहर बढेको छ । यो त्यो ठाउँको आकारमा निर्भर हुन्छ कि त्यहाँ कति प्रमुख अतिथि बन्न लायक मानिस बस्छन् । हरेक साना शहरमा पनि २–४ यस्ता व्यक्ति हुन्छन्, जो प्रमुख आतिथ्य ग्रहण गर्न जुनसुकै कार्यक्रममा पनि पुगेकै हुन्छन् । प्रमुख अतिथि बन्ने, बनाउने र खादा लगाइदिने कार्यक्रमको भीड देख्दा लाग्छ म मात्रै काम न काजको मानिस रहेछु ।   कतिपय व्यक्तिहरू प्रमुख अतिथि बन्न चाहेर पनि बन्न सक्तैनन् । किनकि हरेक व्यक्तिले दौरा सुरुवाल र कोट सिलाउन सक्तैन । तर जसले सिलाउन सक्छ, उसको प्रमुख आतिथ्य चलिहाल्छ । हिजोआज दौरा सुरुवाल सांसद, मन्त्रीबाहेक कि त दुलाहाका लागि सिलाइन्छ कि त प्रमुख अतिथिका लागि । पेशेवर प्रमुख अतिथिसँग प्राय: दुई वा दुईभन्दा बढी दौरा सुरुवाल र कोट स्टकमा हुन्छन् । यदि एउटा ड्राई क्लिनमा गयो भने पनि प्रमुख आतिथि बन्न रोकिनुपर्दैन । दोस्रो पहिरिएर जान सक्छन् । त्यसो त प्रमुख अतिथिलाई दौरा सुरुवाल कोट धुलाइरहने समय कहाँ हुन्छ र ? त्यसैले होला प्राय: प्रमुख अतिथिहरूको दौरा सुरुवालबाट एउटा खास किसिमको गन्ध आउने गर्छ । प्रमुख आतिथ्यको गन्ध क्या ! यो प्राय: फूलका गुच्छा, माला, खादा, मदिरा र चुरोटको धुँवाको गन्धबाट बनेको हुन्छ । र, यो गन्ध लगातार आइरहन्छ । प्रमुख अतिथि कि त छानिन्छन् कि बनाइन्छन् । यसमा पनि सिन्डिकेट हुन्छ । आलोपालो एकले अर्कोलाई प्रमुख अतिथि बनाइरहन्छन् । तर असली प्रमुख अतिथि त न छानिन्छन् वा बनाइन्छन् । ती आफै जन्मिन्छन् । जे होस्, अहिले नेपाली समाजले प्रत्येक दिन दुई चारदेखि दुई चार सयसम्म प्रमुख अतिथि झेलिरहेका छन् । मानिसहरू मरिरहेका छन् । तर प्रमुख अतिथि जीवितै रहेर शोकसभाहरूमा प्रमुख आतिथ्य सेवा दिइरहकै छन् । प्रमुख अतिथि एक गम्भीर किसिमको प्राणी हुन्छ वा उसमा एउटा यो भ्रम कायम राखिरहने शक्ति हुन्छ कि ऊ गम्भीर छ । जुन कार्यक्रमको प्रमुख आतिथ्य गर्नुपर्ने हुन्छ, उसले कार्यक्रमस्थल पुग्नुभन्दा कमसेकम २–३ घण्टा अघिदेखि नै गम्भीर हुने अभ्यास शुरू गर्दिहाल्छ । कोही कोही त अघिल्लो साँझदेखि नै गम्भीर हुन थालिहाल्छन् । अघिल्लो साँझदेखि नै गम्भीर हुने व्यक्ति कार्यक्रम शुरू हुने बेलासम्म त कान्तिहीन वा बिरामीजस्तै भइसकेको हुन्छ, जुन कुरा प्रमुख अतिथि हुन पहिलो गुण हो । राम्रो प्रमुख अतिथि बन्ने मानिस एक प्रकारले बिरामी नै हुन्छ । अथवा यसो भनौं, एउटा बिरामी नै राम्रो प्रमुख अतिथि बन्न सक्छ । प्रमुख अतिथि प्राय: पुरुष नै हुन्छन् । त्यसैले प्रमुख अतिथि बन्ने काम एउटा पुरुषार्थ हो । पुरुषार्थ गर्ने भएपछि उसले नजानेको विषय नै हुँदैन । त्यसैले उसले सुकुमबासीलाई हटाउनेदेखि मंगलग्रहमा बस्ती बसाउनेसम्मका कुरा बक्न भ्याउँछ । अनि प्रमुख अतिथि बनेपछि अरूले केही पनि जान्दैनन् भन्ने महाज्ञान पनि पलाइहाल्छ । कहिलेकाहीँ त कार्यक्रम संयोजकले छोटो बोल्न बीचैमा चिट देखाउनुपर्छ ।  एकपटक कुनै कार्यक्रममा प्रमुख अतिथि बनिसकेपछि अर्को कार्यक्रममा त्योभन्दा तलको आतिथ्य स्वीकार गर्न गाहै्र हुन्छ । त्यसैले एउटा पेशेवर प्रमुख अतिथि कुनै सभामा तब जान्छ, जब त्यहाँ उनलाई प्रमुख अतिथिकै रूपमा बोलाइएको हुन्छ । किनकि त्यसपछि उनी दर्शक वा ताली बजाउने दीर्घामा बस्नै सक्तैनन् । कुनै पनि कार्यक्रममा उनलाई बोलाइएको छ भने उनी यो ठानेर हिँड्छन् कि उनी नै कार्यक्रमका प्रमुख अतिथि हुन् । अहिले नेपाली समाजले प्रत्येक दिन दुई चारदेखि दुई चार सयसम्म प्रमुख अतिथि झेलिरहेका छन् । मानिसहरू मरिरहेका छन् । तर प्रमुख अतिथि जीवितै रहेर शोकसभाहरूमा प्रमुख आतिथ्य सेवा दिइरहकै छन् । हरेक सभामा जबसम्म प्रमुख अतिथि र माइक फिट हुन्न, सभा कसरी शुरू हुन सक्छ र ? माइकका अगाडि एउटा प्रमुख अतिथि फिट गर्नु जरुरी नै हुन्छ । तर अहिलेको द्रुत गतिमा सबै कुरा इन्स्ट्यान्ट अर्थात् तुरुन्त चाहिने जमानामा अबको केही समयपछि स्वयं माइकवालाले नै आफ्नो प्रमुख अतिथि आफै साथै लिएर आउनेछ र मञ्चमा फिट गर्दिन्छ भन्ने अनुमान सहजै गर्न सकिन्छ । प्रमुख अतिथि बन्नेहरू मञ्चमा कसरी बस्छन् त ? कोही छक्क परेर, कोही अक्क न बक्कसँग, त कोही सहजभावमा । कोही दुलहीजस्तो लाज मानेर वा मुस्कुराएर त कोही हेडमास्टर जसरी अकडिएर बस्छन् । कोही चैं यसरी शिर निहुर्‍याएर बस्छन् कि मानौं बेहुलीको बाउ मण्डपमा बसिरहेको छ । यता दर्शकहरूको भाव यस्तो देखिन्छ कि यी प्रमुख तथा अन्य अतिथिहरूले आखिर के भनिरहेका छन्, एउटै कुरा बारम्बार किन भनिरहेका छन् र कहिलेसम्म भनिरहने होलान् । समयमै पुगे त शायद प्रमुख अतिथिको गरिमै रहन्न । त्यसैले कार्यक्रम हुने स्थलमा ऊनीहरू प्राय: कम्तीमा डेढ दुई घण्टा ढिलै पुग्छन् । तर आफ्ना लम्बे भाषण सक्नासाथ हतार छ भन्दै कुदिहाल्छन् । नेपाली समयलाई चरितार्थ गर्न यस्ता कार्यक्रममा बडा गजबको तारतम्य मिलाइएको हुन्छ– प्रमुख अतिथि प्राय: ढिला आउने, उनी चाँडै आए दर्शक ढिला आउने, यी दुवै चाँडो भए आयोजकले ढिला गर्ने ।  यसरी तोकिएको समयभन्दा धेरै ढिला शुरू गर्ने वा ढिलासम्म कार्यक्रम चालू गर्ने नेपाली परम्परालाई प्राय: सबैले निरन्तरता दिन्छन् । कार्यक्रमको बन्दना नै ‘आज कार्यक्रम ढिला हुन गएकोमा क्षमा चाहन्छौं’ बाट श्रीगणेश हुन्छ । राम्रो प्रमुख अतिथिको एउटा विशेष खुबी यो हुन्छ कि उनी अन्य वक्ताहरूभन्दा बढी क्रान्तिकारी हुन्छन् । फरक देखिनु र सुनिनु परो नि त । जस्तै, कुनै वक्ताले यतिखेर देशमा चारैतिर अन्धकार छ भन्यो भने प्रमुख अतिथिले यसमा प्रश्न उठाउँछन् र भन्छन्, ‘कहाँ छ अन्धकार ? के यस्तै हुन्छ अन्धकार ? हो यतिबेला सूर्य ढल्किसकेको छ । तर के यसैलाई अन्धकार भन्न मिल्छ ? वास्तवमा देश समाजवादको उज्यालोतर्फ बढिरहेको पो देख्छु म त । बरु अब हामीले अँधेरोलाई उज्यालो र उज्यालोलाई अँधेरो भनेर पुनर्परिभाषित गर्न ढिला भइसकेको छ । पूर्व वक्ताले अहिलेको समयलाई अँधेरो भन्नुभयो । त्यसो भए उज्यालो केलाई भन्ने ? ... आदि, आदि ।’ जे होस्, मलाई प्रमुख अतिथि बनाएर मेरा कुरा धैर्यपूर्वक सुनिदिनुभएकोमा उपस्थित सबैलाई धन्यवाद छ । कार्यक्रम धेरै ढिला शुरू भएकाले अहिले अँधेरो भइसकेको छ । त्यसैले मेरो दुई शब्द यहीँ टुंग्याउँछु ।’ प्रमुख अतिथिहरूको बौद्धिक नपुंसकता जतिसुकै सार्वजनिक भए पनि भाषण सुन्न जानेहरूको संख्या देशमा घटेको छैन । अहिले देशमा कुनै कुरा खुबै चलेको छ भने नानाथरीका दल नामक पसल वा सम्प्रदायहरूले चलाउने भाषणका कार्यक्रमहरू नै हुन् । र, कार्यक्रम भनेपछि त्यहाँ प्रमुख अतिथि अनिवार्य नै चाहिन्छ । समाजवादमा पुग्न मुख्य बाँकी काम भनेकै यस्ता कार्यक्रम, भाषण अनि प्रमुख अतिथिहरू नै हुन् भन्ने यो पंक्तिकारको ठोकुवा छ । बरु आउनोस्, देशमा नयाँ नयाँ प्रमुख अतिथिहरू तयार पारौं र सरकारको समाजवादमा छिट्टै पुग्ने लक्ष्यलाई सघाऔं ।

३४ वर्षमा व्रतबन्ध- पुष्प खड्काको लाज, सकस र खुसी

‘विवाह हुँदा पनि हामीलाई बोलाएन भने कसैले । कोही पार्टी छैन ? भनेर सोध्छन् । कोही गाउँ किन गयो भनेको त बल्ल थाहा भयो भन्छन् । म्यासेजहरू देखेर म आफैं अचम्ममा परेँ,’ पुष्पले सुनाए ।

प्रेरक प्रसङ्ग :  मनका गरीबी बढी पीडादायक हुन्छ

कुनै दिन एकजना साधु कतै जाँदै थिए । बाटामा एउटा सुनको सिक्का फेला पारेछन् । हेरे, आपूmलाई त्यसको आवश्यकता थिएन । त्यसैले कुनै गरीबलाई दिनुपर्ला भनेर राखेका रहेछन् । समय बित्दै गयो तर खोजेजस्तो गरीब फेला परिरहेका थिएनन् । यस्तैमा एकदिन देशका राजा दलबल सहित छिमेकी देशमा आक्रमण गर्न हिँडेको देखेर सिक्का त्यतै हुत्याइदिए । आफूजस्तो राजाका अघि जोगीले सिक्का फ्याँकेको उनलाई मन परेन र गाली गर्दै भने–‘यो के गरेको ? संन्यासी भएर पनि यसरी जिस्क्याउन लाज लाग्दैन ? शरीर हेर्दा वृद्ध देखिन्छौ व्य

बेकार जीवन गयो !

गृष्मा पौड्याल लाखौँ आशा थिए, हजार सपना कुल्चिदियौ किन ?  राम्रा काम, प्रफुल्ल मन किन खुल्न दिएनौ भन ! यस्तै रमिता देखाउन मागी ल्याएका थियौ कि आफ्नै प्यारी बेच्न पैसा गनेका थियौ ? के यस्तो पनि हुन्छ विश्वभरमा देख्नेहरू भन पति भन्न पनि अझै लाज नभए ऐना कहाँ छ भन ?  साहै्र दुष्ट छ भनेर सबैले चिन्दै...

बेहुलाबेहुलीको सवारी

‘पहिले जस्तो समय अब रहेन । बेहुलीलाई डोलीमा अथवा बोकेर ल्यायो भने लाज हुन्छ भन्छन् अहिले । त्यसैले छोराको बिहेमा कारलाई सजाएर दुलही लिन गइयो’, काठमाडौँ, दक्षिणढोका निवासी प्रमोद अर्यालको भनाइ हो यो । सबै कुरा परिवर्तन भएकाले दुलहीलाई डोलीमा ल्याउने चलन पनि हराउँदै गएको उहाँको बुझाइ छ । हुन पनि हो, सधैँ सबै कुरा एउटै रहँदैन । यो त समयअनुसार चल्ने कुरा न हो । ‘अब डोली कहाँबाट पाउनु’, अर्यालले थप्नुभयो । तर पहिले पहिले बिहे भन्नसाथ ‘डोली चढ्ने’ भनेर बुझिन्थ्यो । कलात्मक रूपमा निर्माण गरिएको डोली चढेर बिहे गर्नुको रौनक नै छुट्टै हुन्थ्यो । बेहुलाबेहुलीको सवारी डोली बिस्तारै हराउँदै गयो । अहिले डोलीको ठाउँ कार, बस, जिप र बग्गीले लिएको छ । त्यसो त बेहुलाबेहुलीको सवारीका लागि डोलीपछि घोडाको चलन चल्यो । बग्गी अहिले मात्र सर्वसाधारणले चढ्न पाएका हुन् । त्यो पनि सहरबजारतिर मात्रै चलाउन मिल्छ । बेहुलाबेहुलीका सवारी मात्र होइन अन्य कुरा पनि धेरै फेरिएका छन् । बाह्य संस्कृतिको प्रभाव भनौँ वा फेरिएको जीवनशैलीका कारण बिहे संस्कारको धेरै शैली यसैगरी फेरिँदै