भनिन्छ‚ सम्पत्ति गयो केही गएन, स्वास्थ्य गयो केही गयो, चरित्र गयो सर्वस्व गयो। यसको तात्पर्य हो‚ सम्पत्ति गए कमाउँदा हुन्छ। त्यसैले यो चिन्ताको विषय होइन। स्वास्थ्य गए जीवन कमजोर, अपांग र अशक्त हुन्छ किनकि स्वस्थ रहनु नै जीवन हो। स्वास्थ्य गयो भने केही जान्छ। त्यसैले चिन्ता गर्नु र त्यसलाई जोगाइराख्न आवश्यक प्रबन्ध गर्नैपर्छ।चरित्र जाँदा न धन न स्वास्थ्य जान्छ तर त्यसैलाई सर्वस्व गयो भन्दा आश्चर्य लाग्नसक्छ तर चरित्र गएपछि पत्यार जान्छ, विश्वास हराउँछ, बदनामी हुन्छ। योग्यता