बाल्यकालसँगै गयो दशैं र तिहारको रौनक

तिहारले छपक्कै छोपेको छ। बजारमा झिलीमिली बत्ती, फूल, मर-मसला किन्ने र बेच्नेको घुइँचो छ। बिहान सबेरैदेखि झमक्क रात पर्दासम्म तिहारको रमझमले बजारलाई धपक्कै बालेको छ। तर पनि बाल्यकालमा जस्तो तिहारको रौनक कही कतै देखिँदैन।बाल्यकालको दशैं र तिहार उमेरसँगै ढल्किएर गयो‚ कहिल्यै नफर्कने गरी। बाल्यकालले आफूसँगै दशैं र तिहारको रौनक पनि लिएर गयो। वैशाख महिना लाग्नासाथ दशैं र तिहार आउने दिन पात्रो पल्टाएर हेरिन्थ्यो। वर्षमा एकपटक बजार जान पाउने, नयाँ लुगा लाउन पाउने, पिङ र देउसी भैलो खेल्न पाउने

सम्बन्धित सामग्री

वर्षाले यस वर्षको दशैं खल्लो

गत मंगलबार साँझदेखि परेको अविरल वर्षाले नेपालीहरूको महान् पर्व बडादशैंको रौनक बढ्न सकेन।

मधेसमा बढ्दै दशैंको रौनक

धनुषासहित तराई–मधेसका विभिन्न जिल्लामा यसपटक मधेसी समुदायका अधिकांश परिवारले दशैंको टीका थाप्दै दशैं मनाउन थालेका छन्।...

तिहार सकिएसँगै गाउँको रौनक घट्दै

लमजुङ- नेपालीहरूको महान चाड दसैंतिहार औपचारिक रूपमा सकिँदै गर्दा लमजुङमा गाउँघरको रौनक पनि घट्दै गएको छ । दसैंतिहार मनाउन गाउँघर आएका नागरिक आ–आफ्नो कर्मथलो फर्कन थालेपछि गाउँघर प्रायः शून्य हुन थालेको हो ।चाडपर्व मनाउन विदेश तथा सहरबजारदेखि गाउँ आएका कारण प्रायः गाउँघरमा दशैं को घटस्थापनादेखि नै चहलपहल बढेको थियो । तर शनिबारदेखि तिहार पनि सकिएसँगै […]

किन छैन, राजधानीमा विगत जस्तो दशैँको रौनक

काठमाडौँ– कोरोना भाइरस संक्रमण त्रासका कारण अघिल्लो बर्ष प्रभावित बनेको दशैं यो बर्षमा केहि सहजता पाइएको छ । तथापी देशको राजधानी काठमाडौँमा भने विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल पहिले जस्तो छैन । अहिले राजधानीका चोक, गल्ली तथा टोलटोलमा दशैंको […]

थारु समुदायको दशैं : सेतो टीका र मकैको जमरा

२९ असोज, दाङ । जब-जब दशैं नजिकिन्छ । दाङसहित पश्चिम नेपालको तराइ जिल्लाका थारु समुदायमा पनि दशैंको रौनक बढ्दै जान्छ। थारु गाउँ बस्तीमा महीनादिन अगाडी नै नाँचिने सखिया नाँचले थारु समुदायको दशैं हर्षोउल्लास भइदिन्छ। यद्यपी कोभिड संक्रमणका कारण पहिलेजस्तो रौनक भने यस वर्ष छैन। तथापी थारु समुदायमा दशैं अर्थात दश्‍याको उत्साह घटेको छैन । दशैंको […]

मधेसमा झिझिया नाचको रौनक

तराईको गाउँदेखि शहरसम्म झिझियाले रौनक बढाएको छ। तराईमा दशैं सुरु भएसँगै झिझिया सुरु हुन्छ। साँझ पर्ने बित्तिकै गाउँघरमा झिझिया गीत घन्किन थाल्छ। महिलाहरू ‘झिझिया नृत्य’ गर्दै दुर्गा शक्तिपीठमा पुग्छन् र घण्टौँसम्म नृत्य गरेर मनोरञ्जन गर्छन्।झिझिया लोकनृत्य हो।

खेलाडीलाई छैन चाडवाडको रौनक

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी भरत खवासले आफ्नो पहिलेको दशैंको अनुभव सुनाएका छन् । उनलाई दशैं भन्ना साथ लामो छुट्टीको याद आउने र पहिलेको भन्दा हाल निकै नै फरक भएको बताएका छन् । नेपाली सेनामा समेत आवद्व रहेका खवासले यो वर्षको दशैं गाउँ नगई काठमाडौंमा नै छोरी र श्रिमतीका साथ मनाउने बताएका छन् ।

आठ वर्षदेखि सुर्खेतका बाढीपीडितको दशैं त्रिपालमै

सबैतिर दशैंको उल्लास छाउँदैछ । गाउँघर बाहिर रहेका दशैं मनाउन धमाधम फर्कंदैछन् । आवश्यक सरसामान किनमेल र घरआँगन लिपपोतले दशैंको रौनक झनै बढाइदिएको छ तर, सुर्खेत उपत्यका नजिकको गिरिघाट बस्ती भने सुनसानजस्तै छ । यहाँ २०७१ साउन २८ र २९ गते भेरी नदीमा आएको भीषण बाढीले विस्थापित बनेका १०० भन्दा बढी परिवारको बसोबास छ । …

दशैं आयो, भत्ता आएन

राउटे संस्कृति अनुसार दशैंका लागि औशी अघिनै छाप्रोमा खशी भित्र्याइसक्नु पर्छ। तीन महिनादेखि भत्ता नपाउँदा अपवादबाहेक धेरैका छाप्रामा खशी छैनन्। केहीले उधारोमा खशी ल्याएका छन्। भत्ता नपाउँदा राउटे बस्तीमा दशैंको रौनक छैन।...

बजारमा छैन रौनक, सामानको मूल्य भने बढ्दै

दशैं नजिकिँदै गर्दा पनि बजारमा सामान किनमेल गर्नेको रौनक बढ्न सकेको छैन तर सामानको मूल्य भने बढ्न थालेको छ । दशैं सुरु हुनुभन्दा एक महिना अघिदेखि नै भीडभाड लाग्ने उपत्यकामा मुख्य बजार पसलमा दशैं सुरु हुन एक साता बाँकी रहँदा पनि त्यति रौनक नदेखिएको व्यापारीहरु बताउँछन् । कोभिडका कारणले गर्दा आम उपभोक्तासँग आम्दानी कम हुँदा […]