एनआईसी एशिया क्यापिटलले कोरोना खोप लगाएकालाई निःशुल्क लगानी व्यवस्थापन सेवा दिने

एन आई सी एशिया क्यापिटलले कोरोना खोप लगाईसकेका नेपाली नागरिकहरुका लागि निःशुल्क लगानी व्यवस्थापन सेवा दिने भएको छ ।  क्यापिटलले कोभिड खोपको दुवै डोज लगाईसकेका नेपाली नागरिकहरुलाई  २०७८ साल माघ ७ गतेदेखि  २०७८ साल फागुन मसान्तसम्म निःशुल्क रुपमा लगानी व्यवस्थापन सेवा दिने घोषणा गरेको हो । खोप लगाई यस अघि नै स्वास्थ्य सतर्कता अपनाएका तथा खोप लगाउन प्रेरित गर्ने मुख्य उद्देश्यका साथ यो योजना संचालनमा ल्याइएको क्यापिटलले जनाएको छ।क्यापिटलका अनुसार यस योजना अन्तर्गत लगानीकर्ताहरुलाई लगानी व्यवस्थापन सेवा लिदा पहिलो वर्ष निःशुल्क रुपमा सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । क्यापिटलले धितोपत्र बजार तथा मुद्रा बजारको समग्र अवस्थाको राम्रोसँग अध्ययन अनुसन्धान गरेर मात्र लगानी सम्बन्धी निणर्य लिने क्यापिटलले जनाएको छ। पछिल्लो समयमा पून: कोरोना संक्रमण दर दिन प्रति दिन बढ्दो क्रममा रहेकाले घरमै सुरक्षित रुपमा बसी अनलाईन मार्फत सहजै लगानी व्यवस्थापन सेवा लिन सकिने व्यवस्था मिलाइएको क्यापिटलले उल्लेख गरेको छ । उक्त लगानी व्यवस्थापन सेवा लिन चाहने ग्राहकहरुले  क्यापिटलको वेभसाईटमा गई भर्चुअल मिटिंगको लागि समय बुक गरि क्यापिटलले उपलब्ध गराएको लिंक मार्फत आवश्यक कागजात अपलोड गर्नु पर्ने क्यापिटलले जनाएको छ ।  

सम्बन्धित सामग्री

एनआईसी एशिया क्यापिटलले शुरू गर्‍यो नि:शुल्क लगानी व्यवस्थापन सेवा

काठमाडौं। विश्व लगानीकर्ता सप्ताह तथा चाडपर्वलाई लक्षित गरी एनआईसी एशिया क्यापिटलले असोज २१ (आइतवार)देखि मङ्सिर १५ गतेसम्मका लागि विभिन्न अफर सार्वजनिक गरेको छ, जसमा नि:शुल्क लगानी व्यवस्थापन सेवा रहेको र मुनाफामा १० प्रतिशतमात्र पर्फर्मेन्स शुल्क लाग्ने बताइएको छ । त्यस्तै असोज महीनाका लागि लागू हुने गरी वार्षिक ११ दशमलव ४६ प्रतिशत ग्यारेन्टेड प्रतिफल दिइने बताइएको छ । कम्पनीले शेयरसम्बन्धी परामर्श दिन शेयर क्लिनिक सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ । शेयर कारोबारलाई सहज गरिदिने उद्देश्यका साथ संस्थापक शेयर कारोबार प्लेटफर्म समेत सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ ।

एनआईसी एशिया क्यापिटलको ५ मा ५ अफर

काठमाडौं (अस) । एनआईसी एशिया क्यापिटलले फागुन २२ गतेदेखि सञ्चालनको पाँचौं वर्ष पूरा गरेको छ । कम्पनीले वार्षिकोत्सव अवसरमा क्यापिटलबाट प्रदान गरिने लगानी व्यवस्थापन सेवाअन्तर्गत ५ मा ५ अफरसहित लगानी व्यवस्थापन सेवा लिने ग्राहकलाई चैत मसान्तसम्म लागू हुने गरी विशेष छुट योजना ल्याएको छ । लगानी व्यवस्थापन सेवा लिने ग्राहकलाई पहिलो वर्षको वार्षिक नवीकरण शुल्कमा ५० प्रतिशत छुट, इनकम ग्यारेन्टी फन्डअन्तर्गत हाल ११.३० प्रतिशत रहेकामा ०.१० प्रतिशत थप गरी वार्षिक ११.४० प्रतिशतको सुनिश्चित प्रतिफल, एक्जिट शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो शेयर खाता, एनआईसी एशिया म्युचुअल फण्ड सेवाअन्तर्गत सञ्चालित पहिलो खुलामुखी योजना एनआईसी एशिया डायनामिक डेप्ट फण्डको इकाइ खरिद गर्दा खरिद गरिएको इकाइभन्दा २० प्रतिशत बढी इकाइ वा अधिकतम १,००० सम्मको इकाइ थप गरी खरिदकर्ताको डिम्याट खातामा जम्मा गरिदिनेछ । कम्पनीले मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत आइडिया टू आईपीओ नामक नयाँ सेवा सञ्चालन गरिरहेको छ । यसअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको आइडिएसनदेखि कम्पनी स्थापना, स्केल अप एक्सपान्सन, ग्रोथ, फरदर एक्सपान्सन हुँदै आईपीओ जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्‍याउन आवश्यक पर्ने लगानी स्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्नेछ । एक नेपाली, एक डिम्याट खाता अभियानअन्तर्गत ग्राहकलाई विभिन्न छुटसहित  ग्राहकमुखी सेवा उपलब्ध गराउन कम्पनीले एनआईसी एशिया डिम्याट सेवा चैत मसान्तसम्म निःशुल्क उपलब्ध गराउनेछ । क्यापिटलले ५ वर्षसम्मका बालबालिका लक्षित डिम्याट खाता सेवा सञ्चालनमा ल्याएको छ । यसमा निःशुल्क डिम्याट खाता, २ वर्षसम्मको डिम्याट खाता नवीकरण शुल्कमा छुट दिनेछ । पाँचौं वार्षिकोत्सव अवसरमा काठमाडौं लायन्स क्लबसँगको सहकार्यमा कम्पनीमा कार्यरत कर्मचारीले रक्तदान गरेको क्यापिटलले बताएको छ ।

कोभिड खोप लगाएकालाई एनआईसी एशिया क्यापिटलले निःशुल्क लगानी व्यवस्थापन सेवा दिने

माघ ९, काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले कोभिडको खोप लगाईसकेका नेपाली नागरिकलाई निःशुल्क लगानी व्यवस्थापन सेवा दिने भएको छ ।  क्यापिटलले कोभिडको खोपको डोज पूरा गरिसकेका नेपाली नागरिकहरुलाई माघ ७ गतेदेखि फागुन मसान्तसम्म निःशुल्क लगानी व्यवस्थापन सेवा दिने घोषणा गरेको हो ।  क्यापिटलले एक सूचना जारी गर्दै कोभिडको खोप लगाउन प्रेरित गर्ने उद्देश्यका साथ यस्तो योजना सञ्चालन गर्न लागेको जानकारी दिएको छ । यस योजनामा सहभागी हुन चाहनेहरुले पहिलो वर्ष निःशुल्क रुपमा सेवा पाउने जानकारी क्यापिटलले दिएको छ ।  योजना व्यवस्थापनको जिम्मा लिने क्यापिटलले धितोपत्र बजार तथा मुद्रा बजारको समग्र अवस्थाको राम्रोसँग अध्ययन अनुसन्धान गरेर मात्र लगानी सम्बन्धी निर्णय लिनेछ ।  कोभिड जोखिमको बेला घरमै बसि अनलाईन मार्फत सहजै लगानी व्यवस्थापन सेवा लिन सकिने जानकारी क्यापिटलले दिएको छ । यो सेवा लिन चाहनेहरुले क्यापिटलको वेबसाइटमा गई भर्चुअल मिटिङका लागि समय लिनुपर्ने समेत क्यापिटलको भनाइ छ ।  क्यापिटलले आफ्नो वेबसाइट मार्फत यो सेवा लिनका लागि आवश्यक कागजात अपलोडका लागि समेत लिंक उपलब्ध गराएको छ । धितोपत्र बजारमा लगानी गर्ने इच्छा भएका तर अनुभव नभएका लगानीकर्ताका लागि क्यापिटलले सुनौलो अवसर प्रदान गर्न लागेको हो । क्यापिटलले दक्ष एवम् अनुभवी व्यक्तिहरुद्वारा योजना व्यवस्थापन गर्ने हुँदा उक्त लगानीमा जोखिम कम हुने बताएको छ ।

कोरोना खोपको डबल डोज लगाएका नागरिकलाई एनआइसी क्यापिटलको यस्तो सेवा

काठमाडौं, ९ माघ । एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत कोभिड भ्याक्सिनको डबल डोज लगाईसकेका नेपाली नागरिकहरुलाई लगानी व्यवस्थापन सेवा दिने घोषणा गरेको छ। संस्थाले माघ ७ गतेदेखि फागुन मसान्तसम्म निःशुल्क रुपमा लगानी व्यवस्थापन सेवा दिने घोषणा गरेको हो । विशेष गरी यो योजना कोभिड भ्यासिनको डबल डोज लगाई स्वास्थ सतर्कता अपनाएका तथा डबल […]

एनआईसी एशिया क्यापिटलको नयाँ पीएमएस योजनामा लगानीकर्तालाई १०.२५ प्रतिशत प्रतिफल

एन आई सी एशिया क्यापिटलको लगानी व्यवस्थापन सेवा अन्तर्गत सिमित अवधिको लागि १०.२५ प्रतिशत प्रतिफल सहितको 'INCOME GUARANTEED FUND' योजना सार्वजनिक गरेको छ । क्यापिटलले एन आई सी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा (Portfolio Management Service-PMS) अन्तर्गत उच्च प्रतिफल सहितको Income Guaranteed Fund नामक उच्च प्रतिफल सहितको लगानी व्यवस्थापन योजना संचालन गरेको हो । विशेष गरी यो योजना नियमित आय आवश्यक पर्ने, जोखिम लिन नचाहने, अवकाश प्राप्त, गृहणी लगायतका लगानीकर्ताहरुलाई मध्यनजर गर्दै संचालनमा ल्याइएको क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार यस योजना अन्तर्गत लगानीकर्ताहरुले वार्षिक १०.२५ प्रतिशत निश्चित प्रतिफल प्राप्त गर्नेछन् । क्यापिटलले धितोपत्र बजार तथा मुद्रा बजारको समग्र अवस्थाको राम्रोसंग अध्ययन अनुसन्धान गरेर मात्र यस प्रकारको योजनाहरु संचालन गर्ने गरेको उल्लेख गरेको छ। क्यापिटलका अनुसार योजनामा सहभागी हुनको लागि न्युनतम रु.१० लाख लगानीबाट सुरु गर्न सकिनेछ।

एनआईसी एशिया क्यापिटलको ‘महा–शेयर लगानी महोत्सव’ योजना, यस्ता छन् विशेषता

चाँडपर्व तथा शेयर बजारमा आउने लगानीको अवसरलाई लक्षित गर्दै एनआईसी एशिया क्यापिटल NIC Asia Capital ले महा–शेयर लगानी महोत्सव योजना ल्याएको छ । यो योजना अन्तर्गत धितोपत्र तथा मुद्रा बजारमा उपलब्ध हुने उपकरणहरुलाई एक मुष्ट (अल इन वान, वान फर अल) लगानी गर्न सकनिेछ । योजना अन्तर्गत लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरुले यो सेवा निःशुल्क रुपमा प्राप्त गर्नेछन् ।एन आई सी एशिया क्यापिटलको महा–शेयर लगानी महोत्सव योजना अन्तर्गतका छुटहरुःपहिलो वर्ष निःशुल्क लगानी व्यवस्थापन सेवा ।वार्षिक तथा अर्ध वार्षिक रुपमा मुनाफा निःशुल्क निकाल्न सकिने । दोश्रो वर्ष देखि एक्जिट शुल्क नलाग्ने ।एउटै परिवारका तीन जना सदस्यसम्मका लागि पहिलो वर्ष निःशुल्क रुपमा डिम्याट तथा मेरो शेयर खाता ।लगानी व्यवस्थापन सेवाग्राहीहरुलाई निःशुल्क रुपमा आईपीओमा आवेदन गरिदिने सेवा ।रु.३ लाख देखि रु.५ लाख सम्मको दुर्घटना बीमा ।यस योजना अन्तर्गत लगानी व्यवस्थापन सेवा, म्युचुअल फण्ड र इन्कम ग्यारेन्टेड फण्डलाई एक मुष्ट गरेर समेत सेवा प्राप्त गर्ने ।एन आई सी एशिया क्यापिटलले बजारमा आउने उतार चडावलाई मध्ये नजर गर्दै लगानीमा हुने जोखिम न्यूनिकरण गर्नका लागि सिस्टमेटिक इन्भेष्टमेन्छ प्लान सेवा प्रदान गर्ने । यो छुट योजना २०७८ साल कार्तिक मसान्त सम्म मात्र लागु हुनेछ कम्पनीले जनाएको छ ।