एनआईसी एशिया क्यापिटलको नयाँ पीएमएस योजनामा लगानीकर्तालाई १०.२५ प्रतिशत प्रतिफल

एन आई सी एशिया क्यापिटलको लगानी व्यवस्थापन सेवा अन्तर्गत सिमित अवधिको लागि १०.२५ प्रतिशत प्रतिफल सहितको 'INCOME GUARANTEED FUND' योजना सार्वजनिक गरेको छ । क्यापिटलले एन आई सी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा (Portfolio Management Service-PMS) अन्तर्गत उच्च प्रतिफल सहितको Income Guaranteed Fund नामक उच्च प्रतिफल सहितको लगानी व्यवस्थापन योजना संचालन गरेको हो । विशेष गरी यो योजना नियमित आय आवश्यक पर्ने, जोखिम लिन नचाहने, अवकाश प्राप्त, गृहणी लगायतका लगानीकर्ताहरुलाई मध्यनजर गर्दै संचालनमा ल्याइएको क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार यस योजना अन्तर्गत लगानीकर्ताहरुले वार्षिक १०.२५ प्रतिशत निश्चित प्रतिफल प्राप्त गर्नेछन् । क्यापिटलले धितोपत्र बजार तथा मुद्रा बजारको समग्र अवस्थाको राम्रोसंग अध्ययन अनुसन्धान गरेर मात्र यस प्रकारको योजनाहरु संचालन गर्ने गरेको उल्लेख गरेको छ। क्यापिटलका अनुसार योजनामा सहभागी हुनको लागि न्युनतम रु.१० लाख लगानीबाट सुरु गर्न सकिनेछ। 

सम्बन्धित सामग्री

एनआईसी एशिया क्यापिटल र युनाइटेड बिजनेश होटलबीच सम्झौता

काठमाडौं ।  एनआईसी एशिया क्यापिटल लिमिटेड र युनाइटेड बिजनेश होटल प्रा.लि.बीच क्यापिटलको 'आइडिया टु आईपीओ' सेवाअन्तर्गत संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवासहित निष्कासन तथा विक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता भएको छ ।  एनआईसी एशिया क्यापिटलले 'आइडिया टु आईपीओ' सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई कम्पनीको स्थापनाकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ । क्यापिटलले आइडिया टु आईपीओ सेवामार्फत युनाइटेड बिजनेश होटल प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गराउन प्राविधिक सहयोग गर्नेछ । साथै होटललाई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानूनबमोजिम सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्न एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्ति गर्नेछ। क्यापिटलले आइडिया टु आईपीओ सेवाअन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गर्न तथा साधारण शेयर निष्कासनसम्मको कार्य गर्न आवश्यक परामर्श सेवा दिइरहेको छ । उक्त सेवा लिन चाहने कम्पनीले क्यापिटललाई सम्पर्क गर्न सकिने जनाएको छ ।

दोस्रो खुलामुखी सामुहिक लगानी कोष सञ्चालन गर्दै एनआईसी एशिया क्यापिटल

काठमाडौं ।  एनआईसी एशिया क्यापिटलले दोस्रो खुलामुखी सामुहिक लगानी कोष योजना संचालनको तयारी गरेको छ । क्यापिटलले एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि ’एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम’ नामको खुलामुखी योजना संचालन गर्न लागेको हो । क्यापिटलले योजना संचालनको लागि गत असार मै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा माघ २४ गते थप कागजात बुझाएको छ । यो योजनाको आकार १ अर्ब रहेको छ । यस योजना अन्तर्गत क्यापिटलले १० रुपैयाँ अंकित दरका १० करोड इकाई निष्कासन गर्ने छ । क्यापिटलले हाल ’एनआईसी एशिया डायनामिक डेट फण्ड’ नामको खुलामुखी योजना संचालन गरिरहेको छ ।  क्यापिटलले हाल एनआईसी एशिया ब्यालेन्स फण्ड, एनआइसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया सेलेक्ट ३० र एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड नामका बन्दमुखी म्युचुअल फण्ड योजना संचालन गरिरहेको छ ।

बिहीवारदेखि फ्लेक्सी क्याप फण्ड निष्कासन गर्दै एनआईसी एशिया क्यापिटल

जेठ १८, काठमाडौं । एनआईसी एशिया क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएको छ । फण्डले एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्कासनमा ल्याउन लागेको हो । फण्डले प्रतिइकाई रू. १० अंकित दरको १० करोड इकाई विक्रीमा ल्याउन लागेको हो । आवेदकले बिहीवारदेखि उक्त इकाईमा आवेदन दिन सक्नेछन् । निष्कासन गरिने कुल इकाईमध्ये बीज पूँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागेको हो। सो फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाइने छ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई विक्री नभएको खण्डमा असार २ गतेसम्म आवेदन म्याद थप गरिने  छ ।  ७ वर्षे अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर  एपबाट पनि आवेदन दिन सक्नेछन् ।  धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । यो एक बन्दमुखी योजना हो। आह्वान पत्र हेर्नका लागि यहाँ क्लिक गर्नुहोस:

४ लाख साधारण कित्ता सेयर आउँदै

लुप नेटवर्कस् लिमिटेडले ४ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । त्यसका लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र लुप नेटवर्कस् लिमिटेडबीच सम्झौता भएको छ । लुप नेटवर्कस लिमिटेडको रु १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्कासनका लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त भएको हो ।

इमर्जिङ्ग नेपालको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

फागुन ९, काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । कम्पनीको आईपीओ विक्रीको जिम्मेवारी पूरा गरेको क्यापिटलले आगामी दिनमा शेयर व्यवस्थापनको काम गर्ने जिम्मेवारी समेत पाएको  हो ।  क्यापिटललाई फागुन ९ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा नियुक्त गरेको जानकारी कम्पनीले सूचनामार्फत दिएको छ ।  अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण काम एनआईसी एशिया क्यापिटल लिमिटेडबाट हुनेछ ।  यस कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी फागुन ४ गते बाँडफाँट गरेको थियो । आईपीओ विक्री बन्द भएको तीन दिनभित्र आईपीओ बाँडफाँट गर्न सफल भएको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आगामी दिनमा शेयर रजिष्ट्रारको काम समेत जिम्मेवारी पूर्वक गर्नेमा कम्पनी विश्वस्त रहेको छ ।  कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकरणका लागि प्रक्रिया अघि बढाइसकिएको जानकारी क्यापिटलले दिएको छ । आर्थिक वर्ष २०७७/ ७८ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०५ दशलमव ११ रहेको कम्पनीले धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारको लागि न्यूनतम रू. १०५ दशलमव ११ देखि अधिकतम रू.३१५ दशमलव ३३ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ ।  नेप्सेले पहिलो कारोवारको लागि वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज व्यवस्था रहेकाले कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।

दोल्तीपावरको शेयर रजिस्ट्रारमा एनआईसी एशिया क्यापिटल

काठमाडौं (अस) । दोल्तीपावर कम्पनीले एनआईसी एशिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । स्थानीय तथा सर्वसाधारण, सामूहिक लगानी कोष तथा कर्मचारीसहित साधारण शेयर सार्वजनिक निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी दुई पक्षीय सम्झौता भएको हो ।  कम्पनीले ४.५ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ ।

आईएमई पेबाट एनआईसी एशिया क्यापिटलको कारोबार भुक्तानी गर्न सकिने

काठमाण्डाै – डिम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आम जनमानसको पहुँचसम्म पुर्‍याउनको लागि एनआईसी एशिया क्यापिटल र आइएमई पेबीच सम्झौता सम्पन्न भयो । सम्झौता अनुसार डिम्याट खाता र मेरो शेयरको नवीकरण गर्न  एनआईसी एशिया क्यापिटलको सेवाका लागि आईएमई पे एप र आईएमई पेको देशभरि छरिएर रहेका ३५ हजारभन्दा बढी एजेन्ट मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन् । यस कार्यक्रममा बोल्दै एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले आईएमई  पे,  एनआईसी एशिया क्यापिट...

आइएमई पेबाट पनि एनआईसी एशिया क्यापिटलको कारोबार भुक्तानी गर्न सकिने

काठमाडौं । डिम्याट खाता र मेरो सेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आम जनमानसको पहुँचसम्म पुर्याउनको लागि एनआईसी एशिया क्यापिटल र आइएमई पे वीच सम्झौता सम्पन्न भयो । सम्झौता अनुसार डिम्याट खाता र मेरो सेयरको नवीकरण गर्न  एनआईसी एशिया क्यापिटलको सेवाका लागि आइएमई पे एप र आइएमई पेको देशभरि छरिएर रहेका ३५ हजारभन्दा बढी एजेन्ट मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन् ।उक्त कार्यक्रममा बोल्दै एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले आइएमई  पे, एनआईसी एशिया क्य