विश्वका १०० देशलाई अनुदान दिन अमेरिकाले ५० करोड फाइजरको खोप किन्दै

काठमाडौँ । अमेरिकाले विश्वका करिब १०० वटा देशलाइए उपलब्ध गराउन ५० करोड फाइजर खोपको मात्रा किन्ने भएको छ । अमेरिकाका सञ्चार माध्यमहरुका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले दुई वर्षको अवधिमा अमेरिकाले करिब एक सय देशलाई ५० करोड खोप उपलब्ध गराउने जनाएको छ । यो वर्षभित्र २० करोड खोपको मात्रा वितरण गरिने र २०२२ मा […]

सम्बन्धित सामग्री

फाइजरले बढायो खोपको विक्री प्रक्षेपण

साउन १३, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी फर्मा कम्पनी फाइजर इंकले कोरोना भाइरस विरोधी खोपको विक्री प्रक्षेपण बढाएको छ । यस वर्ष ३३ अर्ब ५० करोड डलर मूल्य बराबरको खोप विक्री हुने अनुमान कम्पनीको छ ।  यो यसअघि गरिएको प्रक्षेपणको तुलनामा २८ दशमलव ८ प्रतिशत धेरै हुनेछ । कम्पनीले जर्मन साझेदार बायोएनटेकसँग मिलेर सो खोप बनाएको हो ।  विश्वभरि खोप कार्यक्रमले तीव्रता पाइरहेको समयमा खोपको पर्याप्त मात्रा सूनिश्चित गर्ने प्रयासमा देशहरु लागिरहेकै बेलामा फाइजर विक्री प्रक्षेपण बढाएको हो । कम्पनीले यस वर्ष २ अर्ब १० करोड मात्रा खोपको लागि सम्झौता गरेको छ ।  सोही सम्झौताका आधारमा कम्पनीले विक्री प्रक्षेपण बढाएको हो । थप करार भए भने कम्पनीको विक्री प्रक्षेपण थप बढ्नेछ । फाइजर र बायोएनटेकले यस वर्ष खोपको ३ अर्ब मात्रा उत्पादन गर्ने अपेक्षा गरिएको छ ।  गत हप्ता जोन्सन एण्ड जोन्सनले साढे २ अर्ब डलर र मोडेर्नाले १९ अर्ब २० करोड डलर मूल्य बराबरको खोप विक्री गर्ने प्रक्षेपण सार्वजनिक गरेका थिए । फाइजरको खोप दुई मात्रा लगाउनु पर्छ ।  भविष्यमा कम्पनीको खोपको बूष्टर डोज पनि लगाउनु पर्ने हुन सक्ने फाइजरले बताएको छ । यसो भएमा सन् २०२२ मा कम्पनीको विक्री थप बढ्नेछ । खोपका लागि खर्च र मुनाफा दुवै फाइजर र बायोएनटेकले आधा आधा बाँडेर लिनेछन् । एजेन्सी