काठमाडौं। स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने हालसम्म २२ हजार ५३७ जनालाई प्रहरीले कारबाही गरेको छ। उनीहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार कारबाहीमा परेकालाई २२ लाख १५ हजार ५२९ रुपैयाँ जरिवाना गरिएको छ। कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि उनीहरुलाई कारबाही गरिएको हो।