कच्चा पदार्थ गेडागुडी, धान र गहुँ आयातमा आयकर लगाउँदा स्वदेशी उद्याेग धाराशायी

आगामी आर्थिक वर्षको बजेटमार्फत दाल, चामल र मैदा उद्योगका लागि आवश्यक कच्चा पदार्थ कच्चा दाल, गेडागुडी, धान र गहुँ आयातमा अग्रिम आयकर लगाएकाले स्वदेशी उद्याेग धाराशायी हुने सराेकारवालाले बताएका छन् ।  बुधबार नेपाल चामल तेल दाल उद्योग संघ र नेपाल मैदा उद्योग संघले काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै आयकर लगाउँदा मूल्य बढ्ने र मुद्रास्फीतिमा असर गर्ने चेतावनी दिएका हुन् ।

सम्बन्धित सामग्री

‘गेडागुडी, धान र गहुँ आयातमा अग्रिम कर लाग्दा स्वदेशी उद्योग धराशायी’

आगामी आर्थिक वर्षको बजेटमार्फत दाल, चामल र मैदा उद्योगका लागि आवश्यक कच्चा पदार्थ, कच्चा दाल, गेडागुडी, धान र गहुँ आयातमा अग्रिम आयकर लगाएकाले स्वदेशी उद्योग धराशायी हुने सरोकारवालाले बताएका छन् ।

मैदा उद्योगीलाई उद्योग मन्त्रीले भने - 'कच्चा पदार्थ उत्पादनमा पनि लाग्नुस्'

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशमा कच्चा पदार्थको उत्पादन कम भएर उद्योग सञ्चालनमा बाधा आइरहेको स्थितिमा उद्योगी स्वयंले पनि कच्चा पदार्थ उत्पादनमा लाग्नुपर्ने बताएका छन् । नेपाल मैदा उद्योग संघको २३औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री रिजालले सबै कुरामा सरकारको मुख ताक्नु ठीक नभएको धारणा राखे ।  ‘सरकारले गरिदिए मात्रै अगाडि बढ्न सकिन्छ भन्ने सोचाइले समस्या आउन सक्छ । यसको अर्थ सरकारले केही गर्दैन भन्ने होइन,’ मन्त्री रिजालले भने, ‘सरकार व्यवसायीलाई सफल बनाउन आवश्यक सबै काम गर्न तयार छ । व्यवसायीले पनि कच्चा पदार्थ उत्पादनको मामिलामा चुप लाग्नु हुँदैन भन्ने हो ।’  अहिलेको बजेट सरकार बनेको थोरै समयमा आएकाले धेरै कुरा समावेश गर्न नसकिएको पनि उनले बताए । ‘व्यवसायीका हकहितका लागि आवश्यक केही कुरा बजेटमा अवश्य पनि आएका छन्,’ रिजालले भने ।    उनले भारतले रोकेको गहुँको निर्यात फुकाउन आफूले पहल गरेको बताए । अहिले भारत बाट ३ लाख मेट्रिक टन गहुँ आयात गर्न सकिने परिस्थिति सृजना भएको मन्त्री रिजालको भनाइ छ ।  नेपालमा अहिले लगभग २१ लाख टन गहुँ उत्पादन हुने गरेको सरकारी अधिकारीहरू बताउँछन् । तर, देशभित्रका उद्योगमा ४ लाख टनमात्रै स्वदेशी आउने गरेको बताइन्छ । सरकारी तथ्यांकअनुसार प्रतिहेक्टर गहुँको उत्पादन २ दशमलव ९९ टन छ । देशमा मधेश, लुम्बनी र सुदूरपश्चिम प्रदेशमा गहुँको बढी उत्पादन हुने गरेको छ । अहिले ४६ ओटा मैदा उद्योग नेपाल मैदा उद्योग संघमा दर्ता भएको र त्यसबाहेक पनि देशभित्र केही उद्योग सञ्चालनमा रहेको संघका अध्यक्ष कुमुदकुमार दुगडले बताए ।  सरकारले मैदा उद्योगलाई कृषिजन्य उद्योगभित्र राखेर संरक्षण दिनुपर्ने बताउँदै उनले भने, ‘उद्योगीहरू किसान र सरकारसँग समन्वय गरेर देशभित्रै उत्पादन बढाई आयात प्रतिस्थापन गर्न तयार छन् । तर, अप्ठ्यारो अवस्थामा सरकारले पनि उद्योगी व्यवसायीलाई साथ र सहयोग दिनुपर्छ ।’  आफूहरूले भारतीय उद्योगसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थितिमा सरकारबाट त्यहाँका उद्योगसरह सुविधा नपाएको अध्यक्ष दुगडको गुनासो छ । उनका अनुसार भारतका उद्योगले देशभित्रै कच्चा पदार्थ पाउँछन् । साथै उनीहरूले कुनै कर तिर्नुपर्दैन । ‘तर, नेपालमा १३ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ । यो करलाई सरकारले पुनरवलोकन गर्नुपर्‍यो,’ दुगडले भने । सीमा नाकामा पनि नियमित गुणस्तर जाँच गरेर कमसल मैदा आयात हुन नदिए स्वदेशी उद्योगलाई केही सहज हुने उनको भनाइ छ । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उद्योगहरूलाई इन्सेन्टिभ मिलेमा फस्टाउने बताए । सिमेन्टलगायत कतिपय उद्योग सहुलियत पाएर फस्टाएको उदाहरण भएकाले मैदा उद्योगलाई पनि राज्यको संरक्षण मिलेमा राम्रो गर्न सकिने उनको भनाइ छ । सरकारले करको दर घटाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड छ । त्यस्तै आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले उद्योगहरूले अनावश्यक कर बुझाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । साथै सहजरूपमा कर भुक्तानीका लागि डिजिटल सिस्टमको विकास गरिएको मैनालीको भनाइ छ ।

भारतबाट गहुँ आयात नहुँदा फ्लोर मिल बन्द हुने अवस्थामा

काठमाडौं । भारतले गहुँको निर्यात नखोल्दा नेपाली फ्लोर मिल बन्द हुने अवस्थामा पुगेका छन् । उद्योगीका अनुसार कच्चा पदार्थ गहुँको अभावमा उद्योगहरू बन्द हुने अवस्थामा पुगेपछि बजारमा गहुँ, मैदा र सुजीको पिठोका साथै चोकरको अभाव हुन सक्ने भन्दै फ्लोर मिल सञ्चालकले चिन्ता व्यक्त गरेका छन् । नेपालमा उत्पादित गहुँले तीन महिनासम्मलाई मात्रै धान्न सक्ने उद्योगीले […]

गहुँ निकासीमा रोक लगाएपछि बिस्कुट चाउचाउ उद्योगले भारतबाट मैदा आयात गर्न थाले

विराटनगर। पूर्वका बिस्कुट तथा चाउचाउ उद्योगहरूले भारतबाट मुख्य कच्चा पदार्थ मैदा आयात गर्न थालेका छन्।भारतले गहुँको निकासीमा रोक लगाएको

भारतले गहुँ र चिनी निर्यात रोक्दा नेपाली बजार प्रभावित

भारतले आफ्नो आन्तरिक बजारमा चिनी र गहुँको अभाव हुन नदिन निर्यातमा रोक लगाएको छ। गहुँ, चिनी र चिनीजन्य कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय भएको भारतको वैदेशिक व्यापार महानिर्देशनालयले जनाएको छ। केही दिनअघि गहुँ निर्यातमा रोक लगाएको भारतले फेरि चिनी निर्यातमा पनि रोक लगाएपछि त्यसको असर नेपाली बजारमा समेत पर्ने देखिएको छ।भारतले खाद्यवस्तु गहुँ र चिनी निर्यातमा रोक लगाउँदा नेपालको खाद्य सुरक्षामा चुनौती थपिने र मूल्यवृद्धि हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। भारतले चिनी र गहुँ निर्

भारतले गहुँ निर्यातमा रोक लगायो, नेपाललाई के पर्छ असर ?

भारतले गहुँको निर्यातमा रोक लगाएपछि नेपाली बजारमा गहुँ, मैदा र सुजीको पिठो साथै गाईको दाना अर्थात् चोकरको अभाव हुनसक्ने पिठो उत्पादकहरूले चिन्ता व्यक्त गरेका छन्।नेपालका सरकारी अधिकारीहरूले भने देशमा अभाव सिर्जना हुन नदिन कूटनीतिक तहबाट समाधानको उपाय खोज्ने बताएका छन्।नेपालमा उत्पादित गहुँले जेठ महिनाभर बजारको माग धाने पनि असारदेखि गहुँमा आधारित उपभोग्य उत्पादनहरूको अभाव हुनसक्ने बताउँछन् नेपाल पिठो मिल सङ्घ, प्रदेश १ का सचिव विकास बिगवानी।'गहुँ त बेकरीदेखि होटलहरूमा बन्ने अधिकांश परिकारको कच्चा पदार्थ हो। नेपालमा साढे १० महिना गहुँ र मैदाको पिठोको माग पूर्ति आयातित गहुँबाटै हुन्छ। त्यसैले थप केही साता आएन भने खाद्यान्नको अभाव भइहाल्छ,' उनले बीबीसीसँग भने।प्रदेश नं १ र २ का बाह्र वटा पिठो उद्योगहरूले वार्षिक ८० हजार टन गहुँ भारतबाट आयात गर्ने उनी बताउँछन्। देशभरमा ३२ वटा मैदा उद्योग छन्।भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्रकाशन गरेको एक तथ्याङ्कका अनुसार सन् २०२०/२०२१ मा भारतले गहुँ निर्यात गर्ने दोस्रो प्रमुख देश नेपाल रहेको छ।उक्त अवधिमा भारतले नेपाललाई ३,३०,७०७ टन गहुँ निर्यात गरेको थियो।नेपालको भन्सार विभागले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको गत चैतसम्ममा भारतबाट करिब दुई लाख टन गहुँ आयात गरको थियो।किन रोकियो आयात?भारत सरकारले गत शुक्रवार भारतका साथै अन्य छिमेकी राष्ट्रमा खाद्य सुरक्षाको कारण देखाउँदै गहुँ निर्यातमा रोक लगाएको हो।इकनोमिक टाइम्स पत्रिकाका अनुसार भारतमा गहुँ र आटाको बढ्दो मूल्य नियन्त्रणका लागि त्यहाँको सरकारले त्यस्तो कदम उठाएको जनाएको छ।हालै भारतबाट गहुँको निर्यातमा व्यापक वृद्धि भएको छ।भारतको वाणिज्य तथा उद्योग मन्त्रालयको तथ्याङ्कका अनुसार वर्ष सन् २०२१-२०२२ अप्रिल महिनादेखि अक्टोबरसम्म भारतको गहुँको निर्यात बढेर ८७.२ करोड अमेरिकी डलर नाघेको थियो।यो भारतको अघिल्लो आर्थिक वर्षको तुलनामा ठूलो वृद्धि हो। त्यतिबेला निर्यात रकम १३.५ करोड अमेरिकी डलर थियो।रुस र युक्रेन गहुँको सबैभन्दा ठूलो निर्यातकर्ता हुन्। दुई देशबीच जारी द्वन्द्व र विभिन्न देशहरूले रुसमाथि लगाएको प्रतिबन्धका कारण विश्वभर गहुँ अभाव भएका विवरणहरू सार्वजनिक भएका छन्।हाल भारतले देशमा सम्भावित खाद्य सङ्कटलाई रोक्न गहुँ अन्य देशमा नपठाउने बताएको हो।नेपाललाई कस्तो असर?गहुँ आउन बन्द हुँदा नेपालमा त्यसमा आधारित उत्पादनहरुको अभाव हुने बताउँछन् बिगवानी।'त्यसबाहेक गाईबस्तुलाई खुवाउने चोकरको निम्ति पनि गहुँ अत्यावश्यक हुन्छ। चोकर अभाव भयो भने दुग्ध उत्पादनमा समेत कमी आउँछ,' उनले चिन्ता व्यक्त गर्दै बताए।गहुँ निकासीमा प्रतिबन्ध लगाए पनि भारतले कुनै देशमा खाद्य सङ्कटको स्थिति आएमा सरकारी स्तरको छलफलपछि निर्यात गर्ने जनाएको छ।'त्यसैले देशमा अभाव हुनुअघि सरकारले कूटनीतिक हिसाबमा माग राखोस्। कोटा प्रणालीबाटै भए पनि वार्षिक एक लाख टन पठाए पनि पुग्छ,' बिगवानीको माग छ।के गर्दै छ नेपाल पक्ष?भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा भारतबाट गहुँको आयातमा कमी भइरहेको जानकारी दिँदै उनीहरूले आयात रोक्नुको मूल उद्देश्य भने प्रस्ट नभएको बताएका छन्।'आ-आफ्नो देशको नीतिको कुरा हो। किन रोक्यौँ भन्नेबारे जानकारी दिँदैनन्। त्यहीँ अभाव भएको हुनसक्छ या आफ्ना अन्य मित्रराष्ट्रलाई प्रतिबद्धता अनुरूप पठाउनु परेको हुनसक्छ,' उनले भने।आयात बन्द हुँदा नेपालका कुनकुन उद्योग प्रभावित भए हेर्ने र सोही अनुसार आवश्यकता पूर्तिको उपाय खोज्ने खड्काले बताए।'अभाव भएको र भारतले नपठाएको खण्डमा अन्य देशसँग कूटनीतिक तवरले माग गर्नु पर्छ,' उनले भने।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण प्रसाद रेग्मीले पनि हाल कृषि मन्त्रालयसँग गहुँ सम्बन्धी विवरण लिइरहेको जानकारी दिए।'नेपालमै पनि उत्पादन हुने बाली हो। त्यसको भण्डारण कति छ र माग कति भन्नेबारे बुझिरहेका छौँ,' उनले भने।नेपालमा सङ्कट नै आउने स्थिति बन्यो भने परराष्ट्र मन्त्रालय मार्फत गहुँ निकासीका निम्ति भारत सरकारसँग माग गर्न सकिने उनको भनाइ। -बिबिसीबाट

अन्तर्राष्ट्रिय बजारमा सोयबिन, गहुँ र कोइलाको मूल्यमा उच्च वृद्धि

१९ फागुन, काठमाडौं । रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलसँगै दैनिक उपभोग्य एवं औद्योगिक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ । गहुँको कच्चा पदार्थ मूल्य ७.२७ र सोयबिनको मूल्य २.०४ प्रतिशतले वृद्धि भएको छ । योसँगै गहुँको मूल्य प्रति बुसल ११२५ डलर र सोयबिनको प्रति बुसल १७०९ डलर पुगेको छ । यस्तै स्टिल, […]

रूस–युक्रेन तनावको असर नेपाली भान्सासम्म, खानेतेलको मूल्य बढ्दै

काठमाडौं, फागुन ११ । रूस र युक्रेनबीचको सम्भावित युद्धका कारण नेपालका तेल उद्योगहरूमा कच्चा पदार्थको अभाव हुने देखिएको छ । युक्रेनबाट तोरीको दाना, सूर्यमुखीको कच्चा पदार्थ र गहुँ ल्याएर प्रशोधन गरी नेपाल र भारतीय बजारमा पठाउँदै आएका नेपालका उद्योगहरू सम्भावित युद्धका कारण एलसी खोलिसकिएको सामान नआउने हो कि भन्ने त्रासमा छन् । युक्रेनका कम्पनीहरूलाई चाँडो […]

गहुँ अभावमा मैदा मिल बन्द

कच्चा पदार्थ अभावले मुलुकभरका ६० प्रतिशत मैदा मिल बन्द भएका छन् । भारतले गहुँको निर्यातमा रोक लगाएपछि अभाव भई मैदा मिल बन्द भएका हुन् । मुलुकभर ३८ वटा मैदा मिल रहेकामा हाल ४० प्रतिशत सञ्चालनमा रहेका र बाँकी पूर्ण रूपमा बन्द भएको मैदा उद्योग सङ्घले जनाएको छ । विगत आठ महिनादेखि गहुँको आयात रोकिँदा कच्चा पदार्थ अभाव भई मैदा मिल बन्द भएका हुन् ।