भारतले गहुँ निर्यातमा रोक लगायो, नेपाललाई के पर्छ असर ?

भारतले गहुँको निर्यातमा रोक लगाएपछि नेपाली बजारमा गहुँ, मैदा र सुजीको पिठो साथै गाईको दाना अर्थात् चोकरको अभाव हुनसक्ने पिठो उत्पादकहरूले चिन्ता व्यक्त गरेका छन्।नेपालका सरकारी अधिकारीहरूले भने देशमा अभाव सिर्जना हुन नदिन कूटनीतिक तहबाट समाधानको उपाय खोज्ने बताएका छन्।नेपालमा उत्पादित गहुँले जेठ महिनाभर बजारको माग धाने पनि असारदेखि गहुँमा आधारित उपभोग्य उत्पादनहरूको अभाव हुनसक्ने बताउँछन् नेपाल पिठो मिल सङ्घ, प्रदेश १ का सचिव विकास बिगवानी।'गहुँ त बेकरीदेखि होटलहरूमा बन्ने अधिकांश परिकारको कच्चा पदार्थ हो। नेपालमा साढे १० महिना गहुँ र मैदाको पिठोको माग पूर्ति आयातित गहुँबाटै हुन्छ। त्यसैले थप केही साता आएन भने खाद्यान्नको अभाव भइहाल्छ,' उनले बीबीसीसँग भने।प्रदेश नं १ र २ का बाह्र वटा पिठो उद्योगहरूले वार्षिक ८० हजार टन गहुँ भारतबाट आयात गर्ने उनी बताउँछन्। देशभरमा ३२ वटा मैदा उद्योग छन्।भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्रकाशन गरेको एक तथ्याङ्कका अनुसार सन् २०२०/२०२१ मा भारतले गहुँ निर्यात गर्ने दोस्रो प्रमुख देश नेपाल रहेको छ।उक्त अवधिमा भारतले नेपाललाई ३,३०,७०७ टन गहुँ निर्यात गरेको थियो।नेपालको भन्सार विभागले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको गत चैतसम्ममा भारतबाट करिब दुई लाख टन गहुँ आयात गरको थियो।किन रोकियो आयात?भारत सरकारले गत शुक्रवार भारतका साथै अन्य छिमेकी राष्ट्रमा खाद्य सुरक्षाको कारण देखाउँदै गहुँ निर्यातमा रोक लगाएको हो।इकनोमिक टाइम्स पत्रिकाका अनुसार भारतमा गहुँ र आटाको बढ्दो मूल्य नियन्त्रणका लागि त्यहाँको सरकारले त्यस्तो कदम उठाएको जनाएको छ।हालै भारतबाट गहुँको निर्यातमा व्यापक वृद्धि भएको छ।भारतको वाणिज्य तथा उद्योग मन्त्रालयको तथ्याङ्कका अनुसार वर्ष सन् २०२१-२०२२ अप्रिल महिनादेखि अक्टोबरसम्म भारतको गहुँको निर्यात बढेर ८७.२ करोड अमेरिकी डलर नाघेको थियो।यो भारतको अघिल्लो आर्थिक वर्षको तुलनामा ठूलो वृद्धि हो। त्यतिबेला निर्यात रकम १३.५ करोड अमेरिकी डलर थियो।रुस र युक्रेन गहुँको सबैभन्दा ठूलो निर्यातकर्ता हुन्। दुई देशबीच जारी द्वन्द्व र विभिन्न देशहरूले रुसमाथि लगाएको प्रतिबन्धका कारण विश्वभर गहुँ अभाव भएका विवरणहरू सार्वजनिक भएका छन्।हाल भारतले देशमा सम्भावित खाद्य सङ्कटलाई रोक्न गहुँ अन्य देशमा नपठाउने बताएको हो।नेपाललाई कस्तो असर?गहुँ आउन बन्द हुँदा नेपालमा त्यसमा आधारित उत्पादनहरुको अभाव हुने बताउँछन् बिगवानी।'त्यसबाहेक गाईबस्तुलाई खुवाउने चोकरको निम्ति पनि गहुँ अत्यावश्यक हुन्छ। चोकर अभाव भयो भने दुग्ध उत्पादनमा समेत कमी आउँछ,' उनले चिन्ता व्यक्त गर्दै बताए।गहुँ निकासीमा प्रतिबन्ध लगाए पनि भारतले कुनै देशमा खाद्य सङ्कटको स्थिति आएमा सरकारी स्तरको छलफलपछि निर्यात गर्ने जनाएको छ।'त्यसैले देशमा अभाव हुनुअघि सरकारले कूटनीतिक हिसाबमा माग राखोस्। कोटा प्रणालीबाटै भए पनि वार्षिक एक लाख टन पठाए पनि पुग्छ,' बिगवानीको माग छ।के गर्दै छ नेपाल पक्ष?भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा भारतबाट गहुँको आयातमा कमी भइरहेको जानकारी दिँदै उनीहरूले आयात रोक्नुको मूल उद्देश्य भने प्रस्ट नभएको बताएका छन्।'आ-आफ्नो देशको नीतिको कुरा हो। किन रोक्यौँ भन्नेबारे जानकारी दिँदैनन्। त्यहीँ अभाव भएको हुनसक्छ या आफ्ना अन्य मित्रराष्ट्रलाई प्रतिबद्धता अनुरूप पठाउनु परेको हुनसक्छ,' उनले भने।आयात बन्द हुँदा नेपालका कुनकुन उद्योग प्रभावित भए हेर्ने र सोही अनुसार आवश्यकता पूर्तिको उपाय खोज्ने खड्काले बताए।'अभाव भएको र भारतले नपठाएको खण्डमा अन्य देशसँग कूटनीतिक तवरले माग गर्नु पर्छ,' उनले भने।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण प्रसाद रेग्मीले पनि हाल कृषि मन्त्रालयसँग गहुँ सम्बन्धी विवरण लिइरहेको जानकारी दिए।'नेपालमै पनि उत्पादन हुने बाली हो। त्यसको भण्डारण कति छ र माग कति भन्नेबारे बुझिरहेका छौँ,' उनले भने।नेपालमा सङ्कट नै आउने स्थिति बन्यो भने परराष्ट्र मन्त्रालय मार्फत गहुँ निकासीका निम्ति भारत सरकारसँग माग गर्न सकिने उनको भनाइ। -बिबिसीबाट 

सम्बन्धित सामग्री

निद्राको कमीले शरीरमा हुने ११ असर

यदि तपाईँ राम्ररी सुत्नुहुन्न र अब्सट्रक्टिभ स्लीप एपनिया (ओएसए)का लक्षणहरू छन् भने, यसले दिमागको सोच्ने र बुझ्ने क्षमतालाई असर गर्न सक्छ। यस विषयमा एउटा नयाँ अध्ययनले भारतमा १० मध्ये एक जनालाई यस्तो समस्या हुने र उमेर बढ्दै जाँदा मानिसको मस्तिष्कको कार्यक्षमतामा असर गर्ने देखाएको छ।

बैंकिङ क्षेत्रमा पनि समस्याग्रस्त अर्थतन्त्रको असर

मुलुकको समस्याग्रस्त अर्थतन्त्रको असर बैंकको ‘ब्यालेन्स सिट’ मा परेको छ।

असफल नेतृत्वको दूरगामी असर

कमजोर व्यक्तिले गरेको नेतृत्वको असर नेपालले भोगिरहेको छ र अझै वर्षौंवर्षपछिसम्म पनि भोग्न विवश हुनेछ ।

नेपालमा जलवायु परिवर्तनको असर धेरै देखियो

शंकर खनाल काठमाडौं । पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको असर बढी देखिन थालेको छ । बेमौसमी वर्षा, प्राकृतिक प्रकोप जस्ता उदाहरण देखिदै गर्दा प्रकृतिलाई जोगाउन र यसको असर न्यूनिकरण गर्न विश्व समुदायले समेत नेपालमा ध्यान केन्द्रीत गर्न थालेका छन् । विश्वमा जलवायु परिवर्तनको असर बढ्दै जाँदा विश्व समुदायले चिन्ता व्यक्त गरेको छ । आदिवासी, जनजाति, […]

‘अर्थतन्त्रलाई असर नपर्ने गरी ब्याजदर वृद्धि’

नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नपर्ने गरी पूर्व जानकारी दिएर बैंकहरुले ब्याज बढाएको दाबी गरेका छन् । मंगलवार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।उनले बैंक तथा वित्तिय बजार र अर्थतन्त्रलाई असर नगर्ने गरि पूर्व जानकारी दिएर व्यवसायीहरुलाई तत्काल असर नगर्ने गरी सोचेर मात्रै निर्णय गरेको बताए । अध्यक्ष उपाध्यायले बैंकले बजारमा तरलता लगायतका समस्याका बीच दुई पटक

नेपालमा रूस-युक्रेन युद्धको सम्भावित आर्थिक असर

रूस र युक्रेनबीच युद्ध चलिरहँदा यसको असर पूरै संसारलाई परिरहेको छ । आयात-निर्यात व्यापारमा सीधै ठूलो असर नहोला तर यसको अप्रत्यक्ष प्रभाव ठूलो छ । नेपालमा पनि असर पर्न थालिसकेको छ । रूस र युक्रेनबीच भएको युद्धलाई कसैले तेस्रो विश्वयुद्धको रूपमा अर्थ्याएर भयानक रूपमा हेर्ने गरेका छन् भने कसैले अब यो युद्ध यत्तिकैमा सकिन्छ भनेर […]

सीमा क्षेत्रका बजारमा ओमिक्रोनको असर

झापा-कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको असर नेपालको सीमा क्षेत्रका बजार र होटल व्यवसायमा देखा पर्न थालेको छ । भारतमा संक्रमण बढेसँगै सीमा क्षेत्रका होटलमा असर देखा पर्न थालेको हो ।पूर्वी सीमा बजार काँकडभिट्टामा असर देखा पर्न थालेको होटल व्यवसायीले बताएका छन् । काँकडभिट्टासँगै विराटनगर, नेपालगन्ज, महेन्द्रनगर बजारमा भारतीय पर्यटकको आवागमन घटेको हो । जसले पर्यटन […]

भारी वर्षाको असर (फोटोफिचर)

रुकुम, ४ कात्तिक । भारी वर्षाको असर रुकुममा पनि परेको छ । नदीनालाको बहाव ह्वात्तै बढेको छ । धानबालीमा असर परेको छ । काटेर राखेका धानका बाला पानीमा डुबेका छन् । तस्बिरः रिपोर्टर्स नेपाल

दुग्ध क्षेत्रमा कोभिडको असर

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै सरकारले १६ वैशाखदेखि निषेधाज्ञा गरेको छ । निषेधाज्ञाको कारणले बिक्री नहुँदा दुग्ध क्षेत्रमा पनि ठूलो असर पारेको छ । निषेधाज्ञाका कारण होटल, रेस्टुराँ, पार्टी प्यालेस बन्द हुँदा बजारमा दूधको खपत कम हुँदा किसानको दूध बिक्री हुन सकेको छैन । दूध बिक्री नहुँदा किसान र उद्योगी–व्यवसायीलाई प्रत्यक्ष असर परेको छ […]

अरब सागरको चक्रवातको असर भारतमा, नेपालमा प्रत्यक्ष असर नपर्ने

काठमाडौं, २ जेठ । अरब सागरको शक्तिशाली चक्रवातको असर दक्षिणी भारतमा परेको छ । ‘टाउक टे’ नामको चक्रवातले भारतको केरला, कर्नाटक, गोवा र महाराष्ट्रमा बढी परेको छ । केरला र कर्नाटकमा आँधीसहित भारी वर्षा भएको छ । केरलामा दुई र कर्नाटकमा दुईजनाको मृत्यु भइसकेको छ । चक्रवातको अबको १२ घन्टामा चक्रवातको ठूलो असर देखिने भारतको […]