अन्तर्राष्ट्रिय बजारमा सोयबिन, गहुँ र कोइलाको मूल्यमा उच्च वृद्धि

१९ फागुन, काठमाडौं । रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलसँगै दैनिक उपभोग्य एवं औद्योगिक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ । गहुँको कच्चा पदार्थ मूल्य ७.२७ र सोयबिनको मूल्य २.०४ प्रतिशतले वृद्धि भएको छ । योसँगै गहुँको मूल्य प्रति बुसल ११२५ डलर र सोयबिनको प्रति बुसल १७०९ डलर पुगेको छ । यस्तै स्टिल, […]

सम्बन्धित सामग्री

तथ्यांकोवाच : आर्थिक वर्ष २०७७/७८ मा करीब १२ अर्बको गहुँ आयात

काठमाडौं (अस) । नेपालमा १० वर्षअघि ४ करोड रुपैयाँ बराबरको गहुँ आयात भएकोमा गत आर्थिक वर्षमा मात्र १२ अर्ब बराबरको गहुँ आयात भएको छ । बढ्दो शहरीकरण, वैदेशिक रोजगारीका कारण श्रमिकको अभाव, भूमिमा सुरक्षित लगानीको प्रत्याभूतिको अभाव, व्यावसायिक अमैत्री कानूनी संरचना, सडकसृजित भूस्खलन, कटान तथा भूमिको विषयमा अति राजनीतीकरण लगायत कारण गहुँको आयातमा उच्च वृद्धि भएको हो । युद्ध, महामारी लगायत कारण चुडिँदो विश्व आपूर्ति श्रृंखलाका कारण खाद्य सुरक्षा अनिश्चित बन्दै गएको छ । साथै संकटका बेला खाद्यान्न निर्यातमा रोक लगाउने ठूला उत्पादक मुलुकका नीतिका कारण यही प्रवृत्ति कायम रहेमा नेपालमा भोकमरीको अवस्था आउने सम्भावना छ । यस पक्षलाई दृष्टिगत गर्दै नेपालले गहुँ उत्पादनमा आत्मनिर्भर हुने नीति लिनु आवश्यक छ ।