‘गेडागुडी, धान र गहुँ आयातमा अग्रिम कर लाग्दा स्वदेशी उद्योग धराशायी’
आगामी आर्थिक वर्षको बजेटमार्फत दाल, चामल र मैदा उद्योगका लागि आवश्यक कच्चा पदार्थ, कच्चा दाल, गेडागुडी, धान र गहुँ आयातमा अग्रिम आयकर लगाएकाले स्वदेशी उद्योग धराशायी हुने सरोकारवालाले बताएका छन् ।